सन्धिखर्कमा कर सम्बन्धित सरोकार वालासँग अन्तर्किया कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अान्तरिक राजस्व कार्यालय कृष्ण नगरका प्रमुख कर अधिकृत सरोज चन्द पोख्रेलले कर छलि गर्ने र करको दायरा भित्र नअाउने जोकोही ब्यबसायीलाई कारर्बाही गर्ने चेतावनी दिनु भएको छ।
कर दिबसको अबसरमा उधोग बाणिज्य संघ अर्घाखाँचीले अायोजना गरेको कर सम्बन्धित सरोकार वाला सँगको अन्तर्किया कार्यक्रममा बोल्दै उहाले कर तिर्ने बानि ब्यबसायीले अहिलेपनि नबसेको बताउदै अनुगमन र अनुसन्धानलाई तिब्र पारिने बताउनु भयो ।
उधोग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता माहासचिब नेत्र प्रसाद भुसालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा कर अधिकृत तुल्सिराम पन्थि प्रमुख कोष नियन्त्रक कमल प्रसाद पन्थि घरेलु तथा साना उधोग कार्यालयका लेखा प्रमुख बिश्व नाथ ज्ञवाली, कपिलवस्तु उधोग बाणिज्य संघका शान्ता शर्मा लगायतले कर कार्यालयले गर्ने काम कार्बाहिका बारेमा अाफनो भनाइ राखेका थिए ।
कार्यक्रममा बजारमा रहेका उल्लेखनीय ब्यबसायी, पत्रकारहरुको सहभागिता रहेको थियोे ।

अन्य समाचारहरु