दक्षिण कोरियाकी राष्ट्रपति विरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित

दक्षिण कोरियाकी राष्ट्रपति पार्क गियुन हेइविरुद्धको महाअभियोग प्रस्ताव दुई तिहाइले पारित भएको छ ।
भ्रष्टाचारको आरोप लागेकी राष्ट्रपति पार्कविरुद्ध राष्ट्रियसभामा भएको मतदानमा प्रस्तावको पक्षमा २३४ र विपक्षमा ५६ मत परेको थियो ।
महाअभियोगको पक्षमा राष्ट्रपति पार्कको सत्ताधारी सानुरी पार्टीका सांसदले पनि मतदान गरेको देखिएको छ ।
महाअभियोगको पक्षमा मतदान भएपछि अब राष्ट्रपति पार्कको अधिकार निलम्बित भएको र राष्ट्रपतिको अधिकार प्रधानमन्त्री ह्वाङ क्यो आनमा गएको बताइएको छ ।
तर, महाअभियोगको अन्तिम निर्णयका लागि भने ९ जना न्यायाधीश रहेको संवैधानिक अदालतको स्वीकृति आवश्यक हुन्छ । संवैधानिक अदालतले ६ महिनाभित्र निर्णय दिनसक्ने व्यवस्था रहेको छ ।
यसअघि राजनीतिक