अर्घाखाँचीका प्रजिअ कटुवालद्वारा अबैध कार्य गर्ने जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने भनाई

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम)  अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले अबैध कार्य तथा अनियमितता गर्ने जोकोही भएपनि कारबाहीको दायरामा ल्याउने बताउनु भएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीको अबैध मदिरा नियन्त्रण तथा कोलेनीले गरेका काम कार्बाहिका बारेमा जानकारी दिन अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटुवालले जिल्लामा हुने अबैध मदिरा बिक्री वितरण तथा सुर्ति जन्य अबैध ब्यापारको प्रशासनले ब्यापक अनुगमन गरि कानुनी दायरामा ल्याउने समेत दावी गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले होटल ब्यबसायीले समेत बाहिरबाट अाउने ग्राहकहरुको नाम ठेगाना परिचय पत्र राख्ने ब्यबस्था मिलाउन अाग्रह गर्नुभयो । 
कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कमल प्रसाद पन्थिले कार्यालयले गरेका काम कार्बाहिका बारेमा जानकारी गराउदै मदिराको ब्यापार गर्दा कोलेनिमा दर्ता गरेर मात्र कार्बार गर्न अाग्रह गर्नु भयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसाल नारायण खत्री उधोग बाणिज्य संघका महासचिब नेत्र प्रसाद भुसाल होटल ब्यबसायीका नोलराज भन्डारी लगायतको उपस्थिति रहेको थियोे ।

अन्य समाचारहरु