सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्रयाउने विरुद्द अर्घाखाँची जिल्लामा आन्दोलन चर्काएको संयुक्त सङघर्ष समितीले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार बिहान सन्धिखर्कमा संयुक्त सङघर्ष समितीले पत्रकार सम्मेलन गरी थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
नयाँ आन्दोलनका कार्यक्रम अनुसार पुस ५ गते सम्पुर्ण पार्टी आबद्ध तथा युवा, विद्यार्थीहरुको अगुवाइमा सम्पुर्ण जनसमुदायहरुको सहभागीतामा सदरमुकाम सन्धिखर्कमा १ बजेदेखी २ बजेसम्म सिट्ठी जुलुस सहित कोणसभा गर्ने रहेको छ ।
यस्तै पुस ६ गते अन्तरपार्टी महिला संजाल, विभिन्न राजनितिक पार्टिका महिला नेताको अगुवाइमा सदरमुकाम सन्धिखर्कमा १ बजेदेखी २ बजेसम्म जुलुस -यार्ली सहित कोणसभा गरिने छ । यस्तै पुस ७ गते बुद्धिजिवी, उद्योगी व्यवसायी, सामाजिक संघसंस्थाको अगुवाईमा दिउसो १ बजेदेखी २ बजेसम्म विरोध जुलुसको आयोजना गरिएको छ
पुस ८ गते जिल्लाका प्रत्येक गाविस तथा नगरपालीकामा रहेका वडाहरुमा जुलुस प्रदर्शन सहितको आमसभा गर्ने, पुस दिउसो १ बजेदेखी २ बजेसम्म गोरुसिङ्गे सन्धिखर्क सहायक राजमार्गमा समपुर्ण यातायातका साधनहरु विशेष ध्वनी सहित प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । पुस १० गते गोरुसिङ्गे सन्धिखर्क राजमार्गमा राष्ट्रिय भण्डा बोकी हजारौको उपस्थितमा ५ नम्बर प्रदेश टुक्रयाउन दिदैनौ भनी नेताहरुद्धारा सपथ लिने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलन गरी संयुक्त सङघर्ष समितीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कानले जानकारी दिएका छन् ।
साथै पुस ४ गतेदेखी १० गतेको समय अबधि भर शैक्षीक संस्था, पसल, उद्योग, व्यापार सवारी साधन पुर्ण रुपमा सञ्चालन पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्य, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द्रबहादुर खड्का लगायत उपस्थित रहेको थियो ।