सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव संसदमा दर्ता गरेको बिरोधमा अान्दोलनमा उत्रिएका अर्घाखाँचीबासीहरुले अाजपनि सन्धिखर्कमा बिरोध -र्याली तथा जुलुस सम्पन्न गरेका छन ।
अर्घाखाँचीका ब्यापारी बुद्धिजीवी महिला संघ संस्था पत्रकार लगायतका संघ संस्थाका प्रतिनिधिहरुले जुलुसमा सहभागीता जनाउदै सरकाले गरेको संसोधन प्रस्ताव फिर्ता लिनका लागि अाग्रह गरेका थिए ।
जुलुस पछि कोणसभामा बोल्दै उधोग बाणिज्य संघका केन्द्रीय सदस्य तथा अर्घाखाँची अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले सरकारले ल्याएको प्रस्ताव कुनै पनि हालतमा अाफुहरुलाई मान्य नहुने बताउदै प्रस्ताव फिर्ता सरकाले नल्याएमा जनताहरुको अान्दोलनबाट त्यसको प्रतिकार हुने बताउनु भयो ।
कार्यक्रममा पाणिनि बहुमुखी क्याम्पसका प्रमुख ज्ञान बहादुर क्षेत्रीले प्रदेश बिभाजन गर्ने सरकारको निर्णय निरङकुस भएको बताउनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुले कबिता बाचन गरेर बिरोध गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति एबम सङघर्ष समितिका सभापति बिष्णु प्रसाद खनाल मुस्कान नेकपा उपसभापति शान्ता भन्डारी सचिब बिष्णु भुसाल एमालेका सचिब राम बहादुर चौहान उपसचिव प्रेमनारायण गैरे नेकपा माअोबादी केन्द्रका पोलिटब्युरो सदस्य चन्द बहादुर खड्का केन्द्रीय सदस्य छम कुमारी खनाल राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर बिसी लगायतका दलका नेताहरूको सहभागी तामा जुलुस प्रदर्शन गरिएको थियोे ।