अर्घाताेषमा माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर एक १३ वर्षिया बालिकाको मृत्यु

अर्घाताेष, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाताेषमा माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर एक बालिकाको मृत्यु भएको छ । 
अर्घाताेष-४ मानिपाेखरा निवासी बाबु शिव बहादुर बिक आमा सकुन्तला बिककी १३ वर्षिया छोरी  अस्मिता विश्वकर्माको घर देखि नजिकै अर्घाताेषको मुसामारे भन्ने ठाउँमा माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर घाइते भई भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको हो । शिव बहादुर बिकका १ छोरा, २ छोरी मध्ये अस्मिता कान्छी छोरी हुन् । 
अस्मिता श्री सरस्वती मावि सूर्यथुममा कक्षा ९ मा अध्ययनरत थिईन् । विद्यालयले सामाजिक सन्जाल मार्फत एक विज्ञप्ति निकाली लगनशील तथा जेहेन्दार छात्रा अस्मिताको मृत्‍युले स्तब्ध र दुखित बनाएको उल्लेख गरेको छ । 
अर्घाखाँचीमा वर्षनी माटाे खन्ने क्रममा ढिस्काेले पुरिएर कयौको ज्यान गएको देखिन्छ ।  

अन्य समाचारहरु