श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची पौष, २१ । रुसमा अक्टुवर क्रान्ति सफल भएर समाजवादी व्यवस्था स्थापना भएको १०० वर्ष पुगेको अवसरमा समाजवादी क्रान्तिको महत्व झनै बढेको वर्तमान परिवेशमा संसारभरका क्रान्तिकारीहरुले अक्टुवर क्रान्तिको शतवार्षिकि विश्वभर विभिन्न कार्यक्रम गरेर मनाई रहेका छन् ।
यही शिलसिलामा नेपालमा पनि अक्टुवर क्रान्तिको शतवार्षिकी कार्यक्रम एकवर्ष सम्म संचालन हुँदैछ । उक्त कार्यक्रम गत कार्तिक २२ गते देखी नेपालको सबै जिल्लाहरुमा र विश्वभर एकैसाथ उद्घाटन भई सुरु भएको छ ।
लेनिनको नेतृत्वमा रूसमा त्यहाँको कम्युनिष्ट पार्टीले सन् १९१७ को अक्टोबर महिनामा गरेको क्रान्तिको फलस्वरूप समाजवादी व्यवस्था स्थापना भएको थियो । रूसको महान् समाजवादी क्रान्ति सम्पन्न भएको गत कार्तिक २२ गते एक सय वर्ष भएको छ ।
यसै अबसरमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको आयोजनामा सम्पूर्ण जनबर्गीय संगठनहरुको संयुक्त भेला आज सन्धिखर्कमा सम्पन्न भएको छ । भेला लाई सम्बोधन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले यो महान कार्यमा सक्रियतापूर्बक लाग्न सबै नेता तथा कार्यक्रर्ताहरुलाई निर्देशन दिदै पार्टी संगठनलाई मजबुत बनाएर अगाडी बढ्नु पर्ने कुरामा जोड समेत दिनु भएको थियो । साथै एक बर्षे अभियानमा विश्वमा समाजवादी आन्दोलन रक्षात्मक अवस्थामा भए पनि त्यसको भविष्य उज्ज्वल रहेको यथार्थ जनताका माझ पुर्याइने, देशको राष्ट्रियता र जनजीविकाका अगाडि देखापरेका समस्याका विरुद्ध सर्घष गर्न विभिन्न आन्दोलनहरू पनि सङ्गठित गरिने नेता रेश्मीले कार्यक्रर्तामाझ जानकारी समेत दिनु भएको थियो ।
यस्तै कार्यक्रममा मनतब्य राख्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सल्लाहकार सुरेश थापाले कार्यक्रमको दौरानमा मुख्यत पार्टीले सङ्गठन विस्तारमा ध्यान दिने , लाखौँ नयाँ सदस्यहरूलाई पार्टीमा भर्ना गर्ने, सङ्गठनको शक्तिमा बृद्धि गर्ने साथै देशको एउटा बलियो राजनीतिक शक्ति बन्न सफल हुने र देश तथा विश्वको समाजवादी आन्दोलनमा यसले महत्वपूर्ण योगदान दिन सक्षम हुने बताउनु भएको थियो ।
भेलाले ”अक्टोबर क्रान्तिको झण्डालाई उचो राख्न नयाँ पीडिबाट हजारौँ क्रान्तिकारीहरूलाई पार्टीमा भर्ना गरौँ” भन्ने मूल नाराका साथ अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम जिल्ला ब्यापीरुपमा मनाउने निर्णय गरेको छ ।
यस अभियानमा जिल्लाका बिभिन्न गाँउहरुमा जनतासँग भेटघाट, अन्तरक्रिया, गोष्ठी, जनसभा, पर्चा वितरण, पोष्टरिङ, पुस्तक पुस्तिका प्रकाशन, सांस्कृतिक कार्यक्रम, फिल्म प्रदर्शन र अन्य सङ्घर्षका कार्यक्रमहरू सञ्चालन हुने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जानकारी छ ।
यसै क्रममा अर्घाखाँची जिल्लामा पनि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्नको लागी ५ वटा टोलीको निर्माण गरी आगामी माग १ गते देखी जिल्ला ब्यापीरुपमा कार्यक्रम सन्चालन गरीने राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बताएको छ ।
सयौ नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको भेलामा राष्ट्रिय जनमोर्चाका लुम्बिनी राप्ती क्षेत्रीय उपाध्क्ष शेरबहादुर बिसी, राष्ट्रिय जनमोर्चाका नेता सागर केसी,प्रबक्ता थम्मन केसी,अखील नेपाल किसान संघका केन्द्रिय कोषाध्यक्ष कृष्ण केसी लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष झबिलाल थापाको अध्यक्षता सचिब गोपाल पौडेलको संन्चालनमा सम्पन्न भएको छ ।