अखिल छैठौं अर्घाखाँचीको प्रशिक्षण तथा प्रगतिशील बनभोज कार्यक्रम पालिको बलेवाङ्गमा सम्पन्न

गोपाल प्रसाद भट्टराई
पालि, अर्घाखाँची । आसन्न स्ववियु निर्वाचन र राष्ट्रिय जनमोर्चाले सन्चालन गरेको अक्टोबर क्रान्तिको शतबार्षिकी अभियानलाई मध्य नजर गर्दै अखिल छैठौं अर्घाखाँचीले  पालिको पर्यटकीय स्थल बलेवाङ्गमा प्रशिक्षण तथा प्रगतिशील बनभोज कार्यक्रम सम्पन्न गरेको छ । 
कार्यक्रममा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवर,राष्ट्रिय जनमोर्चा राप्ती लुम्बिनी उपाध्यक्ष शेर बहादुर बि.सी.,ने.क.पा.मसाल अर्घाखाँचीका प्रबक्ता थम्मन के.सी. र राष्ट्रिय जनमोर्चाका जिल्ला सचीव गोपाल पौडेलले प्रशिक्षण मुलुक मन्तव्य राख्दै अहिलेको परिवेशमा सम्पुर्ण बिखन्डनकारीका विरुद्ध र राष्ट्र र जनताको पहरेदारको रूपमा अखिल छैठौंको भुमिका आबस्यक रहेकोले सोही अनुसार काम गर्न अखिल छैठौं का नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको थियोे ।
 
अखिल छैठौं अर्घाखाँचीका अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष बिष्णु के.सी.को स्वागत मन्तव्य र सह(सचीव सन्देश खनालको सन्चालनमा सम्पन्न भएको कार्यक्रममा अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष साजन वली,सह(सचीव ठाकुर पन्थी, ढुन्निराज खनाल,प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे ,अखिल नेपाल शिक्षक संघका प्रतिनिधि लक्ष्मण भुसाल,जातीय समता समाजका प्रतिनिधि भरत पन्थी,रक्तिम सास्कृतिक अभियानका बन्दना बि.क.,कर्मचारी संघका प्रतिनिधि शत्रुधन भण्डारी,अखिल नेपाल उद्योग ब्यापार संघका प्रतिनिधि कमल खनाल लगायतको आतिथ्यता रहेकोे थियोे ।

अन्य समाचारहरु