निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीको जिल्ला अधिवेशन भोलि सन्धिखर्कमा हुने

नेपाल निजामती कर्मचारी युनियन (संघ) अर्घाखाँचीको सातौ जिल्ला अधिवेशन शनिबार सन्धिखर्कमा हुने भएको छ । सन्धिखर्कमा अाज आयोजना गरिएको अन्तर्कृया कार्यक्रममा संघका जिल्ला अध्यक्ष प्रकाश भट्टराईका बताए अनुसार भोलि बिहान ११ बजे देखि जिल्ला विकास समितीको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको छ । 

हरि प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति अर्घाखाँचीको सातौ जिल्ला अधिबेशन भोली सन्धिखर्कमा सम्पन्न हुने भएको छ ।
विगतका वर्षहरुदेखी नै कर्मचारीहरुको हक अधिकार स्थापनाका साथै क्षमतावृद्धीका विभिन्न गतिविधी गर्दै आएको संघले भोली हुने जिल्ला अधिबेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्ने र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।
अधिबेशनको पूर्व सन्धयामा सन्धिखर्कमा आज वैठक बसी युनियन संघले विभिन्न् निर्णयहरु समेत गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गर्ने कार्यक्रममा केही व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

अन्य समाचारहरु