सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । ढोरपाटन प्रभाबित संघर्ष समितिले सालझन्डी – सन्धिखर्क ढोरपाटन सडक निर्माण कार्यलाई अबरुद्ध गरेको छ ।
ढोरपाटन सडक खण्ड अन्तर्गत गच्छेखोला पुल देखि चुत्राबेशी पुरानो बसपार्क सम्मको बाटो पिच ( कालोपत्रे ) को निम्ति बाटो चौडा ,नाली कटिङग,रिटलिइङ वालको काम भैरहेको सिलसिलामा ढोरपाटन प्रभाबित संघर्ष समितिको अवरोधका कारण सडक निर्माण कार्य रोकिएको हो ।
उता ढोरपाटन प्रभाबित संघर्ष समितिले आफ्ना माग पुरा नहुन्जेल सडक निर्माण कार्य अगाडि बढन् नदिने बताएका छन् ।
तर ढोरपाटन सडक ठेकदारका अनुसार गच्छेपुल देखि चुत्राबेशीसम्म अबरुद्ध भएकोले हाल बिबाद नभएको बाटो बिहार साइडमा काम भैरहेको छ ।
ढोरपाटन सडक ठेकदारले बिबादित स्थानको बाटो निर्माण रोकी अन्य ठाउँमा समयमा बाटो कालो पत्रे सिध्याएर सडक निर्माण कार्य सम्पन्न गर्न तयार रहेको बताएका छन् ।