हरिप्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । सरकारले अर्घाखाँचीका सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
जसअन्तरगत अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा रामजी जोशी, पाणिनी गाउँपालिकामा दामोदर ज्ञवाली र मालारानी गाउँपालिकामा जनकराज पन्थीलाई कार्यकारी प्रमुख तोकोको छ ।
छत्रदेव गाउँपालिकामा कार्यकारी अधिकृत तोकिएका रामजी जोशी हाल सन्धिखर्क नगरपालिकामा कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका छन् ।
मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको बुझिएको छ ।