उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ केन्द्रीय सदस्यमा विजयी

काठमाडौं ( अर्घाखाँचीडट्कम) । उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ महासंघकाे केन्द्रीय सदस्य पदमा विजयी भएका छन् ।
श्रेष्ठ नेपाल उघाेग वाणिज्य महासंघकाे ५१ अाै अधिवेशनमा खुल्ला केन्द्रीय सदस्य पदमा विजयी भएका हुन् ।  
यस्तै नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
बरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलार्इ  पराजित गरेका हुन् । गोल्छाले अब भवानी राणापछिको कार्यकायलमा अध्यक्ष हुने पक्का गरेका छन् ।

अन्य समाचारहरु