भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिए

भेनेजुएलामा सरकार विरोधी प्रदर्शनमा तीन जना मारिएका छन् ।
राष्ट्रपति निकोलश मदुरोको सरकारविरुद्ध दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लगातारजसो विपक्षीले प्रदर्शन गर्दै आएका छन् । राजधानी कराकसमा एक किशोर र कोलम्बियाको सीमानजिकको सान क्रिटोबालमा प्रहरीले हानेको गोली लागेर एक महिला मारिएका हुन् ।
राजधानी कराकसमै एक जना सुरक्षाकर्मीको पनि मृत्यु भएको छ । राष्ट्रपति पदमा नयाँ चुनाव माग गर्दै विपक्षी पार्टीले गरेको प्रदर्शनमा दशौं हजार सहभागी छन् । उनीहरुले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग पनि गरेका छन् ।
भेनेजुएलमा आर्थिक संकटको अवस्था आएको छ भने प्रदर्शनले देशको अवस्था झन् सकसतिर धकेल्दैछ । (एजेन्सी)