अमेरिकी क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु



अमेरिकाले दक्षिण कोरियामा पठाएको क्रुज मिसाइल पानी जहाजले रक्षा प्रणालीका लागि तैनाथी सुरु गरेको छ ।
यद्दपी दक्षिण कोरियाका स्थानीय जनताले भने अमेरिकी कदम प्रति चिन्ता ब्यक्त गर्दै मिसाइल पानी जहाज तैनाथीको बिरोध गरेको छ ।
बिरोधकै क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच केही समय झडप समेत भएको छ । उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा तनाव भइरहेकै बेला अमेरिकाले यो कदम चालेको हो ।
यता उत्तर कोरियाले भने अमेरिकाको यो कदमले आफनो देशलाई केही फरक नपर्ने प्रतिक्रिया दिएको छ ।
दक्षिण कोरिया र अमेरिकाले भने उत्तर कोरियाको परमाणु कार्यक्रमको बिरोध गर्दै यसले उत्तर कोरियाले नराम्रो परिणाम भोग्नु पर्ने चेतावनी दिंदै आएको छ । (एजेन्सी)