भुमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाद्वारा आफ्नो उम्मेदवारी दर्ता, हजारौं समर्थकहरुको उपस्थिती (तस्बिर सहित)
आषाढ़ ४ गते, २०७४ मा प्रकाशित
अर्घाखाँची डट्कम संम्बादाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । राष्ट्रिय जनमोर्चाले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
राष्ट्रिय जनमोर्चाबाट भुमिकास्थान नगरपालिकाको मेयर पदमा कविराम खनाल, उपमेयरमा शकुन्तला रानाले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताको लागि राष्ट्रिय जनमोर्चाका हजारौं समर्थकहरुको बाजागाजा सहित उपस्थिती रहेको थियो । भूमिकास्थानमा अन्य दल भन्दा राष्ट्रिय जनमोर्चाको अवस्था बलियो छ । यहाँ कांग्रेस र माओवादीको तालमेल भएता पनि जनमोर्चाले सहजै जित्ने अनुमान गरिएको छ ।
यस गाउँपालिकामा कुल १८ हजार ३ सय ८ मतदाता रहेका छन् । जसमध्ये ८ हजार ७ सय ६५ पुरुष मतदाता रहेका छन् भने ९ हजार ५ सय ४३ महिला मतदाता रहेका छन् ।
उता उम्मेदवारी दर्ता पछि पनि नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको पनि तालमेलको लागि छलफल भईरहेको छ ।
स्रोतका अनुसार सन्धिखर्कको मेयरमा एमाले र उपमेयरमा राष्ट्रिय जनमोर्चालाई दिने, यस्तै भूमिकास्थानको मेयर पदमा राष्ट्रिय जनमोर्चालाई र उपमेयरमा एमालेलाई दिने गरी छलफल भएको छ ।