योगेन्द्र चौहान दाँया ।
कृष्ण परियार
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । दोस्रो चरणको स्थानिय तह निर्वाचन नजिकिए संगै सुरक्षा निकाय द्धारा जिल्लामा सुरक्षा सर्तकता बढाईएको छ । अर्घाखाँची जिल्लामा रहेका ३ नगरपालिका र ३ गाउँपालिकामा चुनावलाई लक्षित गर्दै सर्तकता अपनाईएको हो ।
स्थानिय तहको चुनाव बहिस्कारको निति ल्याएको नेपाल कम्युनिस्ट पार्टीे (विप्लव)ले जिल्लाको सुरक्षामा चुनौती थप्न सक्ने भन्दै प्रहरीले जिल्लामा निगरानि बढाएको छ ।
प्रहरीले कम्युनिस्ट पाटीका केहि नेता तथा कार्यकर्तालाई गिरफतार गरेको कम्युनिस्ट पाटी स्रोतले बताएको छ । प्रहरीले जिल्ला सचिवालय सदस्य तथा युवा नेता योगेन्द्र चौहान लगायत केही कार्यकता लाई गिरफतार गरेको पाटीले जनाएको हो । इन्स्पेक्टर प्रदिप डि सि को टोलिले सन्धिखर्क नगरपालिका १ पटुवाथुम बाट असार २ गते दिउसो करिब ३ बजे तिर चौहान लाई गिरफ्तार गरेको बताइएको छ ।
यस्तै प्रहरिले कम्युनिस्ट पाटीका कार्यकर्ता मबुल मिया लाई छत्रदेव गाउँपलिका बाट असार २ गते राति नै पक्राउ गरेको पाटी स्रोतले बताएको छ । प्रहरीले प्रक्राउ गर्न थाले संगै जिल्लामा रहेका नेपाल कम्युनिस्ट पाटीका केहि नेता तथा कार्यकर्ताहरु भुमिगत भएका छ्न ।