कमल बिष्ट
सन्धिखर्क, अर्घाखाँची १९ असार । यी हुन निर्वाचनमा पराजित भएर पनि जनताको मन जित्न सफल भएका उमेदवार कृष्णप्रसाद श्रेष्ठ र कबिराम खनाल ।
जस्ले आफुलाइ पराजित गर्ने उमेदवारलाई हासी हासी टीका लगाइदिएर शुभकामना दिए ।
कृष्णप्रसाद श्रेष्ठ सन्धिखर्क नगरपालिकामा नेकपा एमाले र कबिराम खनाल भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयरका उमेदवार थिए ।
पछिल्लो समय राजनितिमा हार स्विकार्न नसकी अलोकतान्त्रिक गतिबिधी भैरहेको बेला यी दुई पराजित भएका उमेदवारले देखाएको राजनितिक चरित्र र अनुशासनको चौतर्फी प्रसन्सा बटुलेको छ ।