डा. भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन केपी ओली अस्पताल पुगे

           

नेकपा एमालेका अध्यक्ष केपी शर्मा
ओलीले नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्य
अवस्थाबारे जानकारी लिएका छन् ।

डा. भट्टराईको स्वास्थ्यअवस्थाबारे
बुझ्न बुधबार दिउँसो ओली भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पताल पुगेको ओलीका
स्वकीयसचिव अनिश दाहालले जानकारी दिए ।

भेटकाक्रममा ओलीले
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको स्वास्थ्यलाभको कामना गरेका थिए ।

भेटमा डा. भट्टराई पत्नी एवं नयाँ
शक्ति पार्टीकी नेत्री हिसिला यमी
, पूर्वउद्योगमन्त्री महेश बस्नेत सहभागी थिए ।

मुत्रनलीमा समस्या भएपछि भट्टराई ६
दिनअघि अस्पतालमा भर्ना भएका थिए । राससलाई उदृत गर्दै सेतोपाटीले लेखेको छ ।