सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पसमा तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न (तस्बिर सहित)

पुष्पा गैरे
अर्घाखाँची, सन्धिखर्क साउन २५। अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित पाणिनी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा महिलाहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर तिज विशेष शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।
२०० जना भन्दा बढी विद्यार्थी ,क्यापसमा अध्यापनरत प्राध्यापक र पत्रकारहरु उपस्थिति रहेको उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसका सभापति लक्ष्मण खड्काले आगामी दिनमा पनि स्वबियुले विद्यार्थी र क्याम्पसको हितमा कुनै पनि काम गर्न पछि नहट्ने प्रतिबद्धता समेत गर्नु भयो । साथै आउदै गरेको स्नातक तह प्रथम बर्षको परीक्षा दिनुहुने सम्पुर्ण बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिनुभयो ।।
जिल्लाको एक मात्र शैक्षिक धरोहर तथा एक मात्र बहुमुखी क्याम्पसको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा स्वबियुको गठन भएलगत्तै  सरसफाइ, भौतिक सुधार र ड्रेस परिबर्तनका कार्यक्रमहरु भैरहेका छ्न।
 
उक्त कार्यक्रमको संचालन स्वबियु कोषाध्क्ष घनश्याम पौडेलले गर्नु भएको थियो भने स्वागत स्वबियु उप-सभापति श्रीजन भुसालले गर्नुभएको थियो ।

अन्य समाचारहरु