पैसाको अभावमा छत्रदेब गाउँपालिका भगवती ढिकुराका १४ वर्षीय बालकको मृत्‍यु

अर्घाखाँचीडट्कम संवाददाता 
भगवती, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड न ७ साविक भगवती ६ ढिकुरा थुमका चन्द्रमणी पाण्डेका ब्लड क्यान्सर पीडित १४ वर्षीय छोरा बेदुराम पाण्डेको पैसाको अभावमा मृत्‍यु भएको छ ।  
क्यान्सर पीडित बेदुरामको गत बैशाख महिना देखि कान्ति बाल अस्पतालमा उपचार भईरहेको थियो । 
पैसाकाे अभावमा अहिले सम्म गाउँले चन्दा उठाएर उपचार गराउदै आएका थिए । उनको उपचारको लागि गाउँलेको चन्दा र ऋण गरी ३,४ लाख खर्च भएको छ ।  उनलाई थप उपचार गराउनको लागि भारत लैजान अस्पतालले भनेता पनि घर परिवारको आर्थिक अवस्था निकै कमजोर भएकोले कतै लगिएको थिएन । 
बालक बेदुरामले भगवतीको श्री सरस्वती मावी भुसकतामा कक्षा ९ मा पढदै आएका थिए । 

अन्य समाचारहरु