बाघ नियन्त्रण गर्न माग गर्दै युवाहरूद्वारा सन्धिखर्क नगरपालिकाकाे कार्यलयमा ताला बन्दी

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बाघ-चितुवा नियन्त्रण गर्न माग गर्दै जिल्लाका युवाका संघ संस्थाहरूले सन्धिखर्क नगरपालिकाकाे कार्यलयमा ताला बन्दी गरेका छन् । उनिहरुले नगरपालिकाको मुल गेटमा तालाबन्दी गरेका छन् । 
हिजो सोमबार कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षिया  छोरी प्रशन्ना नेपालीलाई बाघले खाएपछि स्थानिय युवाहरुले जिल्लाका सम्बन्धित निकायहरूकाे पनि ध्यानाकर्षण गरेका छन् ।  उनिहरुले नरभक्षी बाघलाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन् । 
यस्तै जिल्लाका युवाका संघ संस्थाका प्रतिनिधिहरुले बाघ मार्नको लागि अनुरोध गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।    
पछील्लो पटक खाचिकोटको भालुखोलामा बच्चा खाएको १५ दिन नहुँदै आश्विन ११, बुधवार बुधवार भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरा ढोडेनी-खान्दुलामा आफ्नो घरभन्दा माथि मोटरबाटोमा खेली खेलिरहेको बेला बाघले राम बहादुर सुनार र कमला सुनारका ११ वर्षिय छोरा गोपाल सुनारलाई गम्भिर घाईते बनाएको थियो । 
बाघ आतंकबाट बढी प्रभावित सन्धिखर्क र भूमिकास्थान नगरपालीकाका जनप्रतिनिधीहरु निर्वाचित भएको १०० दिन पुगी सक्दा पनि अहिले सम्म सम्मान थाप्न बाहेक उनिहरुबाट अरु उपलब्धी केही हुनसकेको छैन ।   
सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिक र भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र उपमेयर खडानन्द बेल्वासे प्राय सम्मान थाप्नमा नै उनिहरुले दैनिक वित्छ । उनिहरुले अहिले सम्म नगरपालिकाबाट अघिल्लो वर्ष जस्तै वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नु बाहेक अहिले सम्म सुधार, बिकास र जनताको सेवाको लागि कुनै थालनी गर्न सकेका छैनन् । 
उता जनप्रतिनिधहरुले चुनाव जित्न गरेका बाचा अनुरुप १०० दिनको अवधिमा अहिले सम्म केही नगरेपछि स्थानियबासी तथा देश विदेशबाट अर्घाखाँचीबासीले ठुलो आक्रोश पोखेका छन् ।  अर्घाखाँचीबासीले ति सबै जनप्रतिनिधीहरुलाई कुनै पनि संघ- संस्थालाई स्वागत, सम्मान नगर्न अनुरोध गरेका छन् । 
सन्धिखर्कका गाउँ, बजारको अवस्था उस्तै छ। अहिले दसैंसम्म सडक मर्मत, सुधार हुन सकेको छैन् । राजनीतिक प्रतिनिधीहरु सन्धिखर्कमा निर्वाचित भएदेखि अहिलेसम्म झन सुधार, बिकास र जनताको सेवाको लागि केही नै गर्न नसकेको भन्दै सन्धिखर्कका एक स्थानियबासीले गुनासो गरे । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर ( साविक खाचिकोट – ६ भालुखोला बाजाबारी) का रमेश के.सी र निर्मला के.सीको वर्ष ४ को कान्छो छोरो मनिष केसीलाई बाघले खाएपछि नगरपालिका मेयर कमल प्रसाद भुसाल, उपमेयर ठाकुर कुमार विक, सन्धिखर्क – ७ का वार्ड अद्क्ष्य प्रितम थापा लगायत पीडितको घरमा पुगेर बाघ आतंकको रोकथाम गरेर छाडने प्रतिबद्धता जनाएपनि सन्धिखर्क बजारको झिलिमिलीमा पुगेपछि बिर्सेका छन् । गाउँको पिडा भुले । गाउँले ति प्रतिनिधिलाई गाउँमा प्रवेशमा निषेध गर्नुपर्ने बताएका छन् ।
बैठकका निर्णयहरू:-

अन्य समाचारहरु