पोखराथोकमा सिर्जनशिल साहित्य शिवीर सम्पन्न (तस्बिर सहित)

गोपाल प्रसाद भट्टराई
पोखराथोक, अर्घाखाँची । अर्घाखाँची र आसपासका साहित्यिक श्रष्ठाहरुले नेपालकै इतिहांसमा नाम दर्ज गराउन सफल चर्चित धार्मीक तथा पर्यटकिय स्थल पाणिनी तपोभूमिलाई चिनाउन कवि लेखकहरू लाग्नुपर्नेमा जोड दिएका छन् ।
तरङ्ग साहित्यीक संगम तान्सेन ९ पाल्पाले पाणीनी गाउपालिकाको पोखराथोकमा अबस्थित हरिहर संस्कृत साधारण तथा प्राविधिक मावीमा सम्पन्न गरेको सिर्जनशिल साहित्य शिवीरमा आफ्ना सिर्जना प्रस्तुत गर्दै श्रष्ठाहरुले यस्तो धारणा राखेका हुन् ।
वरिष्ठ साहित्यकार प्राध्यापक चोलेश्वर शर्माको प्रमुख अतिथ्यता,प्राध्यापक डा. कपिल लामिछाने,वरिष्ठ साहित्यकार डा. एकनारायण पौडेल र विद्यालयका प्रधानाध्यापक बिष्णु प्रसाद पोख्रेलको बिशेष आथित्यतामा पाणिनि तपोभूमिको काखमा सम्पन्न भएको एक दिने साहित्यिक शिबिरमा पाल्पा,अर्घाखाँची र रूपन्देहीका ७० जना साहिकत्यक श्रष्ठाले रचना बाचन गर्नुभएको थियो ।
कार्यक्रम तरङ्ग साहित्यिक संगम पाल्पाका अध्यक्ष राधाकृष्ण शर्माको अध्यक्षता,पाणिनि गाउपालिकाका अध्यक्ष अच्युत गौतमको स्वागत मन्तव्य र राजेश अर्यालको सन्चालनमा सम्पन्न भएको सहकर्मी हिम बहादुर जि.सी.लेकालीले खबर लेख्नुभएको छ ।

अन्य समाचारहरु