कमल विष्ट
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आगामी मंसिर २१ गते हुने गईरहेको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धनका उमेदवार टाेपबहादुर रायमाझीलाई सघाउने भन्दै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शेरबहादुर बिसीले आफ्नाे उम्मेद्वारी फिर्ता लिएका छन् ।
आज नाम फिर्ता तथा उमेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीको तालिका अनुसार टाेपबहादुर रायमाझीलाई सघाउने भन्दै राष्ट्रिय जनमोर्चाका उम्मेद्वार शेरबहादुर बिसीले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।
राजमो केन्द्रिय कार्यालयले बाम गठबन्धनसँग सहमती गरि आफुलाई उम्मेद्बारी फिर्ता लिन गरेको आग्रहलाई सम्मान गर्दै उम्मेद्बारी फिर्ता लिएको उनले बताए ।
अब आफू र आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभामा बाम गठबन्धनका उमेदवार टाेपबहादुर रायमाझीलाई सघाउने समेत जानकारी दिदै, केन्द्रमा प्रदेश सभाको विषयमा समेत सहमतिको प्रयास भइरहेको उनले बताए ।
तर राष्ट्रिय जनमोर्चाका प्रदेश सभा क्षेत्र नं. १ सागर के.सी. र प्रदेश सभा क्षेत्र नं. २ मा झबिलाल थापाको उम्मेद्वारी यथावत रहेको छ ।
यस अघिका सविधान सभा निर्वाचनमा क्षेत्र नं. २ बाट शेरबहादुर बिसी आफ्नो उम्मेद्वारी दिएका थिए ।