प्रेमनारायण आचार्य
पटौटी, अर्घाखाँची २४ कात्तिक । अर्घाखाँचीको पाणिनी गाँउपालिका वाड नम्वर ४ पटौटी आउदो माघ मसान्त सम्म पुर्ण सरसफाइयुक्त वडा घोषणा हुने भएको छ ।
स्थानीय तहको निर्बाचन सम्पन्न भएपछि वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको गठन गर्न आज भएको भेलाले पटौटीलाइ आउदो माघ मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरी सरसफाइमा नमुना वार्डको रुपमा घोषणा गर्ने प्रतिबद्धता जाहेर गरेको हो ।
कार्यक्रममा पुर्ण सरसफाइका सुचक र सरसफाइका फाइदाको वारेमा लुम्विनी समाजिक विकास केन्द्रका वास अफिसर प्रेम आचार्यले सहजीकरण गर्नु भएको थियो ।
भेलाले वडा अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षतामा वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको घोषणा गरेको छ । जस्को सदस्यहरुमा शालिकराम घिमिरे, राधिका घिमिरे, रामबहादुर थापा क्षेत्री, हुमकला विक, गणेश प्रसाद घिमिरे, हरिप्रसाद घिमिरे, दामोदर पोख्रेल, कुल प्रसाद अधिकारी, दधिराम बेल्बासे, नारायण हरी घिमिरे, नारायणी पोख्रेल, कमला कुमारी घिमिरे, भारती थापा क्षेत्री, रुक्मांगत घिमिरे, फर्सुराम घिमिरे, चोपबहदुर रास्कोटी र डेमबहादुर नेपाली रहनु भएको छ । जस्को सदस्य सचिवमा कुलदिप नारायण मिश्र रहनु भएको छ । कार्यक्रम वडा अध्यक्ष थानेस्वर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पाणिनि गाँउपालिकाका १,३,४र ५ वडामा फण्डबोर्डको आर्थिक सहयोगमा लुम्विनी सामाजिक विकास केन्द्रले पुर्ण सरसफाइ कार्यक्रमको सहजीकरण गरिरहेको छ ।
यसै बिच पाणिनि गाउँपालिका वडा नस्१ पणेना चौर टोलमा रहेको श्री नेस्रास्मास्बि मा आज पुर्ण सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सोही बिद्यालयका प्रस्अ पुस्करराज पोखरेलको अध्ययक्षता, सम्पुर्ण बिद्यार्थिको तर्फबाट प्रतिमा पोखरेलको मन्तब्य राख्नु भएको थियो ।