सन्धिखर्कको राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना

युवाराज थापा 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न -९ को राजुपानीमा खाडा र पोखेडाडा जोड्ने मोटरबाटो खन्ने क्रममा एक्साभेटर दुर्घट्ना भएको छ । दुर्घट्नामा कुनै मानविय क्षती भएको छैन् ।  
मोटरबाटो खन्ने क्रममा एक्कासी माथीबाट जमिन खस्दा एक्साभेटर दुर्घट्ना भएको हो । माथीबाट जमिन खस्दा एक्साभेटर पुरिएको छ । 
उक्त बाटो राजुपानीको खाडा हुँदै पोखेडाडा जोड्दै बागी खोलाको ढोरपाटन सडक सम्म जोड्ने योजनामा रहेको छ । पुरिएको एक्साभेटरलाई अर्को जेसिबीको सहयोगमा निकाल्ने काम भएको छ । 
एक्साभेटर मेसिन धनि नारायण बन्जाडेले उक्त बाटोको ठेक्का लिएका थिए । 
नेपालकै पहिलो गाउँ-गाउँमा सडक विस्तार भएको अर्घाखाँची जिल्लाका गाउँपालिका – नगरपालिकामा ( साविक गाबिसहरुमा) आएको बजेटमा धेरै लगानी बाटो विस्तारमा गरिएको देखिन्छ ।  

अन्य समाचारहरु