अर्घाखाँचीमा बाम गठबन्धन एमाले – माओवादी केन्द्रका उम्मेदवारहरुले चुनाव जित्नलाई चाहिने भन्दा बढी झुटा भ्रम सृजना गर्दै | टोप बहादुर रायमाझीले काम केही गरेनन् गफ धेरै गरे

⇒ अर्घाखाँचीबाट २-२ पटक सविधान सभा निर्वाचन जितेर गएका टोप बहादुर रायमाझी पटक-पटक उपप्रधान तथा उर्जा मन्त्री, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास मन्त्री भए तर जिल्लाको अवस्था उस्तै छ । 
⇒ रायमाझीले जिल्लालाई एक गुन लगाएका छन् त्यो भनेको उनी चुनाव जितेपछि वा मन्त्री भएपछि जिल्लामा महिना-महिनामा गृह जिल्ला आउने । जिल्लामा जन्मेका अन्य नेताहरु काठमाडौं छिरे पछि गृह जिल्ला अाउन छाडेको देखिन्छ ।
 अहिले चुनावको बेला बिमानस्थलको  बिषयले अर्घाखाँचीमा चर्चा र रायमाझीलाई सोधेर हैरान पारेको र चुनाव जित्न अर्को कार्ड फालेका छन् । जहाँ उनले अर्घा भगवती बिमानस्थल आयोजना भनेर लेखिएको बोर्ड समेत लगाए । 
⇒ चुनावमा युवाबर्गलाई आकर्षण गर्न  अर्घाखाँचीका ५० हजार युवालाई स्वदेश फर्काउने र रोजगार दिने भनी रायमाझीले अर्को हास्यस्पद अभिव्यक्ती दिएका छन् । 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेकपा एमाले – माओवादी केन्द्रको बाम गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्न बिभिन्न भ्रम सृजना गर्ने अभियानलाई तिव्रता दिएका छन् । 
जिल्लाबाट बाम गठबन्धनका प्रतिनिधि सभा उम्मेद्वार टोपबहादुर रायमाझी(माओबादी केन्द्र), प्रदेश सभा -१ का उम्मेद्दवार चेत नारायण आचार्य (एमाले) र प्रदेश सभा -२ का उम्मेद्दवार रामजी घिमिरे (एमाले) ले जिल्लामा भएका चुनावी सभा एवम घरदैलो कार्यक्रममा जनतालाई भ्रममात्र सृजना गरेका हुन् । उम्मेद्दवारहरुले हरेक घरदैलो कार्यक्रममा १९ सौ सताब्दीमा जस्तो यो बिकास गर्छु त्यो गर्छु भनेर भ्रममात्र सृजना गरिरहेको सन्धिखर्क, भूमिकास्थान, शितगंगा नगरपालिका तथा मालारानी, पाणिनी र छत्रदेव गाउँपालिकाका स्थानियबासीहरुले बताएका छन् । 
अर्घाखाँचीडट्कमले बाम गठबन्धनका नेताहरुले गरेको घरदैलो कार्यक्रम पछि बाम नेता, कार्यकर्ताहरुले के भनेर भोट् माग्न आए भनी सोध्दा  स्थानियबासीहरुले व्यापक असंतुष्ट पोखेका हुन् । जुन अर्घाखाँची जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेद्दवार डाक्टर राम बहादुर बिसी, प्रदेश सभा -१ का उम्मेद्दवार बिष्णु खनाल मुस्कान र प्रदेश सभा -२ का उम्मेद्दवार हिम्मत बहादुर टन्डनले गरेका घरदैलो कार्यक्रममा कमी सुनियो । स्थानियबासीका अनुसार बाम उम्मेद्दवारहरुले गाेरुसिंगे सन्धिखर्क सडक पिच गरेको, टाेलटाेलमा विद्यालय खाेलेकाे, गाउँमा स्वास्थ चाैकी राखेको, हातहातमा माेबाइल, ईन्टरनेटकाे ब्यबस्थापन एमाले, माओवादी सरकारले गरेको हो भन्ने जस्ता सम्म अनेक झुट  भ्रम सृजना गरेका छन् । 
अर्घाखाँचीबाट २-२ पटक सविधान सभा निर्वाचन जितेर गएका टोप बहादुर रायमाझी पटक- पटक उपप्रधान तथा उर्जा मन्त्री, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास मन्त्री भए तर जिल्लाको अवस्था उस्तै छ । रायमाझीले जिल्लालाई एक गुन लगाएका छन् त्यो भनेको उनी चुनाव जितेपछि वा मन्त्री भएपछि जिल्लामा महिना-महिनामा गृह जिल्ला आउने । जिल्लामा जन्मेका अन्य नेताहरु काठमाडौं छिरे पछि गृह जिल्ला अाउन छाडेको देखिन्छ । तर बिकासका लागि उर्जा, भौतिक योजना तथा पुन निर्माण मन्त्री, स्थानीय विकास जस्ता शक्तिशाली मन्त्रालय पाएका र  जिल्लालाई सञ्चै नै नमुना जिल्ला बनाउने सक्ने अवस्था रहेको बेलामा पनि रायमाझीले केही गरेनन् । जिल्लामा आउँदा हरेक पटक कुनै न कुनै आश्वासन दिन छोडेनन्, अर्घाखाँचीबासीले फुलमालाले भव्य स्वागत गरे, बिकासबादी नेता भनेर उपाधी पनि दिए ।
      उपप्रधानसहित ऊर्जामन्त्रीपदका लागि सपथ लिदै टोपबहादुर रायमाझी २०७२ कार्त्तिक १, आइतवार। फाइल तस्बिर

अर्घाखाँचीको ईतिहासमा यस जिल्लाबाट सबैभन्दा बढी मन्त्री भएका टोप बहादुर रायमाझीले आश्वासन बाहेक अहिले सम्म केही गर्न सकेका छैनन । जिल्लामा लामो समयसम्म कच्चीबाटोको अवस्था उस्तै छ, दुर्गम भेग मात्र नभएर सन्धिखर्कमा पनि ठुलो खानेपानीको समस्या छ त्यो उस्तै छ, डोरपाटन सडक अहिले सम्म सम्पन्न गरे भनेर प्रचार गरेता पनि पुरा हुन सकेको छैन्, गोरसिङे – सन्धिखर्क सडक रायमाझी मन्त्री नबन्दै पिच भएपनि पहिला र अहिलेको अवस्था उस्तै छ, अहिले झन यो सडक अस्तव्यस्त छ । कृषि क्षेत्रमा जिल्लाको अवस्था झन दयनिय हुँदै गएको छ । जिल्लामा केही समय लोड शेडिंग मुक्त भने पनि अहिले लोड शेडिंगको मारमा छन् जनता । अर्घाखाँचीमा शिक्षाको अवस्थामा सुधान हुन सकेको छैन् ।  
यस्तै अर्घाखाँची जिल्लामा सबैभन्दा प्रमुख समस्या युद्द-संकटकालमा भत्किएका भवन र तिनको निर्माणको प्रश्न भने आम सर्वसाधारणको एउटै प्रश्न भने अहिले पनि जिवितै छ । स्थानिय भन्छन कहिले बन्लान भत्काईएका भवन? यदपी उनैको कार्यकालमा सबै काम सम्पन्न होलान भन्ने गरेका थिए तर केही भएन टोप बहादुर रायमाझीले मात्र जिल्लाको लागी केही गर्न सक्छ भन्ने जनताको भिड ठुलै भएकोले बिकास निर्माण तथा सम्बन्धित मन्त्रालय आफ्नो जिल्लाका नेताको हातमा रहेकोले सोही सम्बन्धमा मन्त्रीबाट अर्घाखाँची जिल्लाबासी धेरै आशा वादी रहेका थिए ।  जिल्लाबासीले आफ्ना नेताबाट ठुलो आशा राख्नु स्वभाभिक थियो । तर उनले आश्वासन दिने बाहेक अहिले सम्म जिल्लाको लागि एक काम नगरेको भन्ने बिश्लेशकहरुको भनाइ रहेको छ।
रायमाझी मन्त्री हुँदा अन्य जिल्लामा जस्तै अर्घाखाँचीमा पनि बिकासकाे निरन्तर प्रकृया अनुसार पुराना योजनाका उद्घघाटन लगायतका बिभिन्न कार्यक्रममा सहभागी मात्र भए । अर्घाखाँची मात्र नभएर संसारभरको बिकासकाे निरन्तर प्रकृया अनुसार बाटाे नभएको ठाउँमा बाटाेकाे ट्र्याक खाेल्नु, बाटाेकाे ट्रयाक खुलेको स्थानमा स्तर उन्नति हुदै ग्राबेल हुनु, ग्राबेल भएको बाटाे पिच हुनु , खाेलाहरुमा पुल बन्नु, हातहातमा माेबाइल , ईन्टरनेटकाे ब्यबस्थापन, बिजुली नपुगेको ठाउँमा लाइन जानु, लोड शेडिंग हटनु यो सबै बिकासकाे निरन्तर प्रकृया हाे । यि टोप बहादुर रायमाझीले गरेका होइेनन् । तर माओवादीका समर्थकले वास्तविक भन्दा प्रचारबाजी गरेका मात्र हुन्, भन्छन् सन्धिखर्कका बिष्णु आचार्य ।  अर्घाखाँचीमा अहिले सम्म के काम गरे ? कुन काम सम्पन्न गरे ? अर्घाखाँचीबासीले यतार्थ बुझ्न सकेका छैनन् । टोप बहादुरलाई हल्ला मात्रले बिकासबादीको नाम दिएको हो । टोप बहादुरले आफुले भने थुप्रो कमाएको बुटवल लगायत अन्य शहरमा महल खडा गरेको, लगानी गरेका छन्, एमाले समर्थक बताउने आचार्यले भने  ।  
अर्को भ्रम के छ भने टोप बहादुरले गाउँ गाउँमा बिजुली बालेका र जिल्लाभर गाउँ गाउँमा मोटर बाटो पुराएका तर जिल्लाभर गाउँ गाउँमा बिजुली बाटो साविक गाबिस (नगर पालिक, गाउँपालिका )मा आउने नियमित बजेटबाट भएका हुन ।  यि काम टोप बहादुरले गरेका होईनन । 
यस्तै चुत्राबेशीका राजेन्द्र खनालले भने; टोप बहादुर समय – समयमा जिल्लामा आउने यो गर्छु त्यो गर्छु, कहिले अर्घा-खाँची सुपा देउरालीसम्म केवलकार, कहिले जिल्लामा उत्पादन हुने सुन्तला, मौषमको भन्डार, कहिले बिजुली उत्पादन, कहिले डोरपाटन सडक सम्पन्न, कहिले गोरसिङे – सन्धिखर्क सडकलाई डबल विस्तार, कहिले पर्यटन विस्तार प्याराग्लाइडिङ, कहिले जिल्लाभर बाटो पिच, कहिले विमानस्थल निर्माण, कहिले सन्धिखर्कबाट पोखरासम्म रेल भन्दै अर्घाखाँचीबासीलाई झुकाउदै आएका छन्, अब जनताले सोच्नु पर्छ । अहिले बामपन्थी होस् कि कांग्रेस, मसाल टोप बहादुर जस्ता नेतालाई भोट् दिएर जिल्लालाई गफैमा उडाउन हुँदैन ? 

तर यहाँ हावा तरिकाले एक प्रश्न गर्ने गरिएको देखिन्छ जिल्लाबाट   यस अघि   चुनाव जितेर गएका पुष्पा भुसाल, डिल्लीराज खनाल, दुमन थापाले के गरे ? यि सबै न त अहिले सम्म मन्त्री भए न टोप बहादुर रायमाझी जस्तो बिकासको लागि शक्तिशाली मन्त्री अरु भए । तसर्थ अन्य अर्घाखाँचीका नेतासँग तुलना गर्न मिल्दैन, मन्त्रीको जस्तो अरु पुष्पा, डिल्लीराज  दुमनले चाहेर पनि गर्ने सक्ने कुरै आउदैन, नयाँ शक्तिको समर्थक बताउने  राजेन्द्र खनालले भने ।  

फेसबूकमा कुरा नबुझी हाम्रो टोप बहादुरले यो गर्‍यो, त्यो गर्‍यो, टोप बहादुर एक मात्र नेता हो अर्घाखाँचीको,, बिकासबादी नेता भन्दै मिडिया र अर्घाखाँची घर हो भनी विदेशमा बस्नेले नचाहिदो चर्चा गर्नेलाई राम्रोसँग जिल्लामा आएर अध्ययन गर्न र टोप बहादुरले के – के गरे ? त्यो काम यो गरे भनेर उनले गरेका काम १,१ समाचार बनाउन खनालले आग्रह गरे ।   टोप बहादुर माथि बढी क्रेज नहुन खनालले सबै फेसबूकमा टोप बहादुर एक मात्र नेता, बिकासबादी नेता भनेर अन्धो भई लेख्ने सबै अर्घाखाँचीबासीलाई अनुरोध गरे ।  टोप बहादुर जस्तो लगभग आधा दर्जन पटक मन्त्री  भएको नेताले  जिल्लामा सञ्चै नै बिकास गरेको भए अहिले सम्म अर्घाखाँचीमा केवलकार, गोरसिङे – सन्धिखर्क सडकलाई डबल विस्तार,  सुन्तला, मौषमको भन्डार, जिल्लाभर बाटो पिच, पर्यटन विस्तार प्याराग्लाइडिङ, डोरपाटन सडक सम्पन्न,  विमानस्थल निर्माण, घर – घरमा खानेपानी, लोड शेडिंग हटेर पुरा अर्घाखाँची झिलिमिली हुने थियो । 
बल्कोटमा पानीका लागि पधेरोमा स्थानियबासीहरु, जिल्लाभर खानेपानीको समस्य उस्तै छ । 

चुनाव जित्न  विमानस्थल निर्माण आयोजना बोर्ड लगाए:
चर्चा अहिलेको होइेन, अर्घाखाँचीबाट चुनाव जिती मन्त्री भएका अर्का पुर्व पर्यटन मन्त्री तथा कांग्रेस नेता रेवती प्रसाद भुसालले जिल्लामा शुरु देखि नै विमानस्थल निर्माणको लागि नापी, जग्गा हेर्ने जस्ता कार्य नगरेका होइेनन्, तर पछिल्लो समय पटक-पटक मन्त्री भएका टोप बहादुर रायमाझी सोही विमानस्थल निर्माणको लागि १७ महिना अगाडि शिलान्यास गरेका थिए । जसले ठुलो चर्चा पायो । जुन कुरामा मात्र सिमित भयो । 
तर अहिले चुनावको बेला यो बिषयले अर्घाखाँचीमा चर्चा र रायमाझीलाई सोधेर हैरान पारेको बेला उनले चुनाव जित्न अर्को कार्ड फालेका छन् । रायमाझीले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १० शिखरबार्नेमा “नेपाल नागरिक उडड्यन प्राधिकरण अर्घा भगवती बिमानस्थल आयोजना भनेर लेखिएको बोर्ड लगाएका छन् । स्थानियबासीहरुका अनुसार जुन भ्रमको अर्को खेती हो । साथै स्थानियबासीले त्यो बोर्ड हटाउने चेतावनी समेत दिएका छन् । 
भोट् पाउन ५० हजार युवालाई स्वदेशमा रोजगार दिने कार्ड 
टोप बहादुर रायमाझीले अर्घाखाँची छाडेर विदेश गएका ५० हजार युवालाई स्वदेश फर्काउने र रोजगार दिने भन्ने अर्को हास्यस्पद अभिव्यक्ती केही दिन अगाडि दिएका छन् । रायमाझीले पटक – पटक मन्त्री हुँदा पनि युवाहरुलाई रोजगारी सिर्जना गर्न अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालनमा समेत केही गर्न सकेनन् । 

५० हजार युवालाई स्वदेश फर्काउने र रोजगार दिने यो रायमाझीको अर्को कार्ड युवाबर्गबाट चुनावमा भोट् जुटाउन एवम आकर्षण गर्न  हो, रायमाझीले चुनाव जिते भने अब हुने मन्त्री नै हो, उनी यस अगाडि शक्तिशाली मन्त्री पद खाएर पनि जिल्लामा केही गर्न सकेनन्, अब पनि केही गर्ने वाला छैनन, यो अहिले सम्म भ्रममा पर्दै आएको निरन्तरता मात्र हो माओवादीले केही गर्दिन्, सन्धिखर्कका हरि भुसालले भने । 

बाम गठबन्धनका चुनावी कार्यक्रम हिंडेका समर्थकहरु जागिर -ठेक्कापट्टा मिलाईदिने आशामा  

बाम गठबन्धनका चुनावी कार्यक्रम आचारसंहिता विपरित तथा अनुशासन बाहिर रहेर गरिएको देखिएको छ । अहिले सम्म भएका कार्यक्रममा परिचालित पार्टी कार्यकर्ताले अन्य पार्टी पक्षलाई धम्काउने,     अन्य पार्टी विरोधी गाली गर्ने तथा सभा पछि साँझको बेला हो-हल्ला गर्ने गरेको अहिलेसम्म चुनावी कार्यक्रम सम्पन्न भएका ठाउँहरुका स्थानियबासीहरुले बताएका छन् । 

यस्तै चुनाव प्रचारका लागि एमाले- माओवादीले सयौ समर्थकहरुलाई सवारी साधन, बाइकमा डिजेल पेट्रोल निशुल्क, रेस्टुरेन्ट होटेलहरुमा खान – बस्न निशुल्क तथा फोन, ईन्टरनेट, प्रचारप्रसारका सामाग्रीको लागि आर्थिक पैसा समेत दिदै आएका छन् । ति पार्टीका समर्थकहरुले टोप बहादुर रायमाझी, चेत नारायण आचार्य, रामजी घिमिरेले जागिर दिन्छन्, विदेश पठाइदिन्छन, ठेक्कापट्टा मिलाई दिने भनेर  चुनाव प्रचारमा हिंडेको बताए ।  

यस्तै आचारसंहिता विपरित एमाले र माओवादीको संयुक्त आमसभामा बालबालीकाको प्रयोग भएको छ । बालबालीकाको पढाईलाई प्रभावित गरी पढाई बन्द गरेर चुनावी कार्यक्रममा लगिएको देखिन्छ ।  

बाम गठबन्धनको चुनावी कार्यक्रममा शितगंगा नगरपालिका सिमलपानीको प्रभाकर मावीमा विद्यालयमा अध्ययन गर्ने बालबालीकाहरु । 

५ नम्बर प्रदेशलाई टुक्राउन नदिने अभियानमा लागेका रायमाझीले अन्तत सविधान संसोधनको पक्षमा मतदान गरे

त्यस्तै  शुरुमा सविधान संसोधन प्रस्ताव मध्ये एउटा  ५ नम्बर प्रदेशलाई टुक्राउन नदिने अभियानमा रायमाझीले खेलेको भूमिकालाई जिल्लाबासीले प्रशसा गरेको देखिन्छ ।  अन्तत रायमाझीले सविधान संसोधनको पक्षमा मतदान गरेका थिए । 

अन्य समाचारहरु