सन्धिखर्क १२ का वार्ड अध्यक्ष नारायण खड्काद्दारा आफुले पाएको तलब भत्ता अपाङ्गलाई प्रदान (तस्बिर सहित)

प्रेम खड्का 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वार्ड अध्यक्ष  नारायण खड्काले आफुले पाएको तलब भत्ता एक अपाङ्ग दिएका छन् ।   
नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित वार्ड अध्यक्ष नारायण खड्काले सन्धिखर्क नगरपालिका १२ झेडीबजारमा गरिएको पार्टीको कार्यक्रममा सन्धिखर्क १२ झेडीका अपाङ्ग सन्त बहादुर बिकलाई व्हीलचेयर किन्नको लागि ८ हजार रुपैया प्रदान गरेका हुन् । उक्त सहयोग रकम अपाङ्ग सन्त बहादुर बिकलाई टिका लगाएर हस्तान्तरण गरेका थिए । 
व्हीलचेयर किन्नको लागि ८ हजार रुपैया सहयोग पाएपछि अपांग सन्त बहादुरले आफुले नयाँ जीवन पाए सरह महसुस गरेको बताए । 
यस अगाडि वार्ड अध्यक्ष नारायण खड्काले आफ्नो भत्ता बापतको पैसा गरिब दुखीलाई दिने प्रतिबद्दता व्यक्त गरेका थिए ।  सोही प्रतिबद्दता अनुरुप अपाङ्ग सन्त बहादुर बिकलाई व्हीलचेयर किन्नलाई सहयोग प्रदान गरेको खड्काले  बताए । 
यस अगाडि अर्घाखाँचीडट्कममा आएको समाचारमा भोट्का लागि नभएर आफ्नो पुरानो प्रतिबद्दता अनुसार गरिव, दुखी अपाङ्गलाई सहयोग गर्दै आएको बताए । यस्तै खड्काले वार्डका साथै नगरपालिकामा हुने सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् ।