अर्घाखाँचीभर शन्तिपूर्ण र उत्साहका साथ मतदान जारी (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा  प्रदेशसभा र प्रतिनिधि सभाका लागि यतिबेला मतदाताले उत्साहका साथ मतदान गरिरहेका छन् । 
माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी र गठबन्धनको तर्फबाट प्रदेश सभा क्षेत्र नम्वर (क) का उम्मेदवार चेतनारायण आचार्यले सन्धिखर्क नगरपालिका वडा नम्वर ९ मा रहेको अर्घा रजस्थल माबि केन्द्रबाट एकै पटक मतदान गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेद्वार बाम गठबन्धन डाक्टर राम बहादुर बिसीले निर्धारित समयमै मतदान गरेका छन् । यस्तै प्रदेश क्षेत्र नम्बर १ उम्मेद्वार बिष्णु खनाल मुस्कान, र प्रदेश क्षेत्र नम्बर २ उम्मेद्वार हिम्मत टन्डनले पनि निर्धारित समयमै मतदान गरेका छन् ।    
अर्घाखाँची जिल्लाभर दिउसोसम्म केही बम बिष्फोट घटना बाहेक शान्तीपूर्ण तरिकाले मतदान जारी छ ।  
जिल्लाभर बिहान १० बजेसम्म १०% मात्र भोट
उता जिल्लाभर बिहान १० बजेसम्म १०% मात्र भोट खसेको अनुमान जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
यस्तै  भुमिकास्थान नगरपालिकामा १० बजे सम्ममा १७ सय मत खसेको छ । यहाँ प्रदेशसभा र प्रतिनिधि सभाका लागि यतिबेला मतदाताले उत्साहका साथ मतदान गरिरहेका छन् । 
जिल्लामा प्रतिनिधि सभा सदस्यको लागि ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । यहाँ ७१ हजार ३ सय ५० महिला र ६६ हजार ६ सय ७८ पुरुष गरि कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै   सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ स्थित पकले मतदान केन्द्रमा कुल २ हजार ७ सय २५ मतदातामा अहिले बिहान ११:१५ बजे सम्म ६00 मत खसेको छ । 
प्रदेश सभा (क) मा ६५ हजार २ सय ६ र प्रदेश सभा (ख) मा ७३ हजार १ सय २२ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी केदारनाथ शर्माले बताए । प्रदेश (क) मा २८ र (ख) मा ३३ वडा रहेका छन् । जिल्लामा ९३ मतदान केन्द्रमा १७४ मतदान केन्द्र तय गरिएकाे छ ।
अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।