अर्घाखाँची वाङ्लाका मेघराज अधिकारीको युएईमा हृदयाघातका कारण निधन


बसन्त आचार्य
दुवई, युएई (अर्घाखाँचीडट्कम) । संयुक्त अरव ईमिरेट्स (युएई) मा अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ५ वाङ्ला सिउडेनीका मेघराज अधिकारीको मर्निङवाकमा निस्किएका बेला आकस्मिक हृदयाघातका कारण निधन भएको छ ।
मंगलबार बिहान दुवईको जबिलाली डिआपी पार्कमा निस्किएका अधिकारीको सडक किनारामा मृत अवस्थामा शब फेला परेको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामी समेत रहेका अधिकारी युएईको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत थिए । उनी १६ वर्ष देखि युएईमा रहदै आएका थिए । 
मृतकको शब दुवईको स्थानिय अल रशिद अस्पतालमा राखिएको छ । घटनाको बारेमा युएईस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र   अल रशिद अस्पतालको रिपोर्ट आएपछि शव नेपाल पठाउने प्रक्रिया थालिने बताइएको छ ।
मृतक मेघराज अधिकारीका श्रीमती र तीन छोरी रहेका छन् ।