वाङ्गलाको नाङ्गेठाटीमा ग्लोवल आईएमईको शाखा सञ्चालन

पहिलो प्रकासित मिती: २०७४ माघ ११, बिहीवार 
सुर्य भुसाल
वाङ्ला ।   ग्लोवल आईएमई बैंकले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ४ वाङ्गला नाङ्गेठाटीमा शाखा रहित कार्यालय सञ्चालनमा ल्याएको छ । 
सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बैंकको उद्घाटन गर्दै अव सुरक्षा भत्ता वितरण बैंकमार्फत गाउँगाउँमै हुने बताए । उनले नगरपालिकाका प्रत्येक वडाहरुमा बैंकमार्फत वडा वडामै शाखा कार्यालय स्थापना सुरक्षा भत्ता वितरण गर्ने बताए । 
सन्धिखर्क नगरपालिका ४ र ५ का वडा अध्यक्षद्धय राजेन्द्र भुसाल र कृष्णप्रसाद श्रेष्ठले ग्लोवल बैंकमार्फत छिट्टै नै यहिँबाट सुरक्षा भत्ता वितरण गर्ने बताए, उनीहरुले वृद्ध भत्ता लिनका लागी सन्धिखर्क अव जान नपर्ने बताउँदै बैंक सञ्चालनका लागी सहयोग गर्ने प्रतिवद्धता जनाए । बैंकका केन्द्रीय प्रतिनिधी प्रविण विक्रम शाहीले स्वयं व्यक्ति आफै आएर औठाछाप लगाएपछि मात्र कारोबार हुने भएपछि यो सेवा बढी भरपर्दो हुने बताए । 
अर्घाखाँची शाखा प्रमुख सुष्मा गीरीले जिल्लामा सन्धिखर्क सहित जिल्लाको ग्रामिण क्षेत्र ठुलापोखरा, बल्कोट र वाङ्गला गरी तिन ठाउँमा शाखा रहित बैंकिङ्ग सेवा गरिएको बताईन । उनले बैंकको पुजीँ ८ अर्व ८८ करोड देशभरमा ११३ शाखा कार्यालय, ६४ वटा शाखा रहित कार्यालय, ४ वटा एक्टेन्सन काउन्टर,  १४ वटा राजस्व संकलन तथा १२७ वटा एटीएम मेसीन रहेको ग्लोवल आईएमईले जानकारी दिएको छ । 
बैंकको उदघाटन सत्र अर्घाखाँची शाखा प्रमुख सुष्मा गीरीको अध्यक्षता, प्रलाद न्यौपानेको स्वागत तथा वाङ्गलाका बैंकका प्रतिनिधी पशुपती भट्टराईको स्वागतमा सम्पन्न भएको हो ।