अन्जना खनाल (रिजाइन)
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ खन स्थित स्थानीय क्लब द्वारा निर्मित सुपादेउराली मन्दिरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले रिबन काटेर मन्दिरको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले आतेकासाउ ब्रमकोटहुँदै मालारानीमा पर्यटक भित्र्याउने र पहिलो दर्शन यस जालकाडा एकता समाजद्वारा निर्मित देउराली मन्दिरमा गराउने अनि जालकाडाको भ्रमण गराउँदै मालारानी मन्दिर दर्शन र अवलोकन गराइ गोखुङ्गाको भ्यूटावरहुँदै बाम्रुकको नरशिहथान लगायत पालिकाका महत्वपुर्ण स्थानमा पर्यटक आवतजावत हुने वातावरण बनाउने भन्दै नवनिर्मित मन्दिरलाई पालिकाबाट हुनसक्ने पुर्ण सहयोग रहने जानकारी गराउनुभएको थियो ।
मन्तव्यकै क्रममा विशिष्ट अतिथि अर्थात् मालारानी गाउँपालिका ४ का वडाअध्यक्ष विष्णुप्रसाद पोखरेलले वडाभित्र भौतिक पुर्वाधार ,धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूको विकास गर्दै समृद्ध वडा बनाउने योजनामा आफु लागेको भन्दै मन्दिर निर्माण गरेकोमा क्लबप्रति शुभकामना व्यक्त गर्नुभएको थियो । पोख्रेलले खनमा स्वरोजगार सिर्जना र व्यवसायिक कृषिमा आफ्नो योजनाहरु बन्दैगएको पनि उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुमध्ये समाजसेवी दिनेश सुनारले नवनिर्मित मन्दिर निर्माणप्रति गर्व प्रकट गर्दै युवाले चाहेमा हरेक कुरा सम्भव छ भन्ने यसले संकेत गरेको भन्दै खनको हरेक क्षेत्रको विकासको लागि आउने बैसाखभित्रमा एउटा वैधानिक संस्था तयार गरी आफूसंगै केही युवा वैज्ञानिक योजनाका साथ लाग्न थालेको कुरा खुलासा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनीतिक दल र समाजसेवीहरुले क्लबले गरेको महान कार्यप्रति खुसी र धन्यवाद व्यक्त गर्दै आफू र आफ्नो संस्थाबाट यो क्लबलाई पुर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । क्लबले हालसम्म मन्दिर निर्माणमा लागेको खर्च र उठेको आम्दानीको विवरण प्रस्तुत गरेको थियो । देउसीभैलो, बिदेशी तथा स्वदेशी सहयोगमार्फत हालसम्म उठेको जम्मा रकम रु (२,५६७५९) दुइ लाख छ्पन्न हजार सात सय उन्साठी, हो भने हालसम्म मन्दिर निर्माण र अन्य खर्च गरि खर्च जम्मा रु (४,१८५५६) चार लाख अठार हजार पाँच सय छ्पन्न रहेको छ ।
सोही विवरणअनुसार संस्था घाटामा रहेको कुरा क्लबले जानकारी दिएको छ र उक्त रकमपुर्तिको लागि गाउपालिका र वडासंग समेत अनुरोध गरेको बुझिएको छ ।
विधिवत रुपमा पूजा सञ्चालन गरी अगाडि बढेको कार्यक्रमको अध्यक्ष कमल विक, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यको प्रमुख आतिथ्यता, मालारानी ४ का वडा अध्यक्ष विष्णु प्रसाद पोख्रेल र स्थानीय पण्डित ठाकुर प्रसाद रिजालको विशिष्ट आतिथ्यता र मा.के प्रतिनिधि भविश्वर पोख्रेल, ने.का का प्रतिनिधि बिनिराम पोख्रेल, रा. ज .मो प्रतिनिधि कृष्ण सुनार, समाजसेवी दिनेश सुनार, माधव खनाल, लक्ष्मण बिक लगायतको आतिथ्यता रहेको कार्यक्रम विष्णु बि क को स्वागत मन्तव्य र गोपाल कुमार बिक को सन्चालनमा सम्पन्न भएको हो ।