आफू र अरु प्रति सकारात्मक सोच राखौं

अस्मिता बेल्बासे अर्घाखाँची
 
सकारात्मक सोच विचारले जीवन र जगत सर्वव्यापी हुन्छ । जीवन एउटा अनिश्चितता र रहस्यहरुको तारापुन्ज हो । जसमा हामी आफू आफूले सोच्नु जरुरी छ । सकारात्मक सोचले आत्मसन्तुष्टि, शान्त र जीवनशैली, प्रेम, करुणा, धैर्य र साहसयुक्त व्यक्तित्व, चरित्रवान, अनुशासित, सरल, खुशी र गुणस्तरीय जीवन बनाउँछ । सकारात्मक सोचमा शक्ति हुन्छ । सकारात्मक हुनु नै जीवनका लागि सबैभन्दा ठूलो उपलब्धि भनिन्छ । सकारात्मक सोचले व्यक्तिलाई उचाईमा पुर्याउँछ । 
    भनिन्छ, जिन्दगीको सृष्टिकर्ता भनेको नै हाम्रो सोचको हो । हाम्रो दिमाग एउटा बगैंचा हो र हाम्रो सोच एउटा बिरुवा  हो । त्यो बगैंचामा फूल फुलाउने कि घाँस उमार्ने यो हामी आफैंमा निर्भर हुने कुरा हो । अरुप्रती र आफूप्रति आफ्नो सकारात्मक सोचले अगाडी बढ्नुपर्छ सबभन्दा पहिले आफ्नो मन र आफूले सोच्ने तरिकामा फरक पर्छ । नकारात्मक सोचले मानिसलाई कमजोरी, पीडादायीक बनाउँछ । हामीले जीवन जिउने होइन सकारात्मक सोचका साथ जीवन जित्न सक्नुपर्छ । जीवन जीउन त हरेक जी आएका छन्  तर पनि समयले एउटा पार लगाईदिन पुग्छ । मानिसहरू चाहना कसको रोकमा पर्दछन तर हामी जहिले पनि त्यहीँ चाहाना पालेर बस्छौं भने हामीले सोछे जसरी जिन्दगी कसरी अगाडि बढाउन सक्छौ । त्यसैले हामी एउटा महान सोचका साथ बाँच्न सिकौं महान सोचका साथ बाँच्न सिक्ने हो भने हामीहरू कहिले निराशमा बाँच्नु पर्दैन । हामीले ठूलाठूला सपना देख्छौँ, यस्तो हुन पाए हुन्थ्यो, त्यस्तो व्यक्ति बन्न पाए हुन्थ्यो भन्ने हामीलाई लाग्छ, तर आफू कतातिर लागिन्छ भन्ने चाहना र यसलाई जरुरी ठानेर केही गर्नुपर्छ भन्ने कदम चालिन्छ ।
     यदि आफैंलाई परिभाषित गर्न सकिदैन भने अरुले आफ्नै अनुसारको परिभाषा दिने गर्दछन र अरुको दर्जामा राख्दछन । त्यसैले हामीले हाम्रो जीवन बनाउनको लागि आफैंले आफैंलाई परिभाषित गर्न सक्नुपर्दछ । हामीले भोलि होइन आजै गर्छु भन्ने सोच राख्नुपर्छ । हामीले सपना त देख्छौ अनि सपना पूरा भएन भन्दै र हामी निराश बन्छौ हामीसंग सपना देख्ने क्षमता छ र त्यो सपना पूरा गर्न हामी लागि पर्नुपर्छ मेरो यो आवश्यकता हो भनी लाग्नु जरुरी हुन्छ । 
     सकारात्मक सोचले नियाल्न सफल भएका व्यक्तिहरूलाई उनीहरू जन्मदै हासिल भएका भने पक्कै होइनन् । उनीहरू पनि शून्यबाट जन्मिएर निरन्तरताका साथ अगाडी बढेका हुन् । आफूले सोच्नुपर्छ कि म नदी हुँ भनेर किनकी नदीले आफ्नो बाटो आफैं तय गर्दै हिड्छ नदीलाई, पत्तै हुँदैन कहाँ पहाड, कहाँ काँडा, कहाँ जंगल भेटिन्छ भनेर हामी पनि सम्झौ कुन क्षेत्रमा भन्ने र त्यसै आधारमा भित्री मन दिएर लागौं । अरु प्रति गरिने हरेक क्रियाकलापमा सकारात्मक सोचले तरंगीत हुनुपर्दछ । हाम्रो समाजलाई हेर्ने हो भने उल्टो सोचाइमा चलेको पनि पाउन सकिन्छ । सम्भव असम्भव आफ्नै ठाउमा हुन्छ तर पनि प्रयास गर्नु चाहिँ सकारात्मक सोच नै हो भन्ने ठान्नुपर्दछ । आफूले कहिले पनि नसोचौँकी कि म गरीब छु, म कम्जोर मान्छे हुँ त्यसैले म केही गर्न सक्दैन भनेर ठुलो स्तरमा पुगेका व्यक्तिहरूलाई सम्झौ कि उनीहरुको जीवनलाई नियाल्नु एकचोटी र एउटा अठोट राख्न जरुरी हुन्छ । जसले सपना देख्ने क्षमता राख्छ त्यसैले मात्र एक एक गरि पूरा गर्नतर्फ लाग्छ । आफूले आफ्नो शक्तिलाई एक ठाउँमा केन्द्रित गर्न सक्नुपर्छ । हाम्रो सोचलाई अन्य ठाउमा डुलाउनु अनावश्यक सोच चिन्तन हो । अरुका कुरा सुन्नुभन्दा पनि आफूले आफूलाई परिभाषित गर्नु र आफ्नो क्षमताको, आफ्नो उदेश्यको, आफ्नो सपनाको आफैंले आफैंलाई परिभाषित गर्न सक्नुपर्छ । जहिले पनि आशावादी भएर हिड्यो भने भाग्यले खोज्दैँ आउने छ । हामीले भाग्य खोज्ने होइन । हाम्रो भाग्य भनेको हाम्रो रोजाईको उपलब्धि हो हामी जे रोजौँ त्यो पाउन सक्छौं हामीले सपना देख्न सक्नुपर्छ कि रुखको टुप्पो होईन, घरको धुरी देख्ने होइन, हामीले बादल देख्न सक्नुपर्छ । त्यसैले हामी एउटा निश्चित बाटोमा लाग्नु जरुरी हुन्छ । हामी सोचौं कसरी अगाडी बढ्ने, कसरी राम्रो बन्ने, कसरी ठुलो सपना बोक्ने हरेकको आफ्नो सोचाइ आफैँमा रहेको हुन्छ तर लक्ष्य पूरा कसैको हुन्छ कसैको हुँदैन गन्तव्य सार्थकता निभाउन पनि असहज  नै देखिन्छ । ठूलो पद, राम्रो ठाउँ, सुख सयलमा रहेर तथा धेरै ज्ञान्, सिप, आर्जन गरेर मात्र जीवनको सार्थकता पूरा हुँदैन यी सबैमा सकारात्मक सोच राख्नुपर्दछ । आफूले आफैं प्रती र अन्य सम्बद्ध पक्षप्रती हेर्ने दृष्टि सकारात्मक हुनुपर्दछ । 
    अन्त्यमा: जे गर्नु छ आजै गर्नुपर्छ सकारात्मक सोछ र विचारका साथ शीतल मन मीठो वचन प्रेरणादायीक प्रेमलाई सदा आत्मसाक्षी राखी यसले जीवनलाई बलियो, सुन्दर बनाउन सहयोग पुर्याउँदा यसले सहानुभूति, सौहार्द्धता, सामीप्यता र विश्वासको वातावरण विकास गर्दछ जसले सफलताको शिखर चढ्न सकिन्छ ।व्यक्तिले कुनै व्यक्ती, वस्तु अवस्था र विश्वका विभिन्न पक्षहरूलाई हेर्ने दृष्टिकोण हुन्छ त्यो दृष्टिकोण सकारात्मक र नकारात्मक त्यसैले जहिले पनि हाम्रो सोच विचार भनेको सकारात्मक नै हुनुपर्दछ ।