नेपाल राजदुताबास इजरायलको मुलआयोजनामा भगवान गौतम बुद्धको “२५६२ औं” जन्म जयन्ती समारोह भव्य रूपमा सम्पन्न गर्न बिभिन्न तैयारी शुरू

तेलअभिव|गत शुक्रबार गैरआवासीय नेपाली संघ इजरायलमा भएको बैठकले भगवान गाैतम बुद्धको २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न समिती गठन गरि आगामी अप्रिल १४ तारिख हुने बैठकमा दिईएको जिम्मेवारीहरूको प्रगती प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताईएको छ ।

गठित समितीहरूमा हल ब्यवस्थापनमा तेन्जीन शेर्पा,आर्थिक संयोजक ,छिरिङ शेर्पा लामा,नयन इम्सोङ लिम्बु,तिर्थ गौतम, प्रचार प्रसारमा पुष्प श्रेष्ठ, पाठ पुजा ब्यवस्थापनमा थुप्तेन लामा,स्वयंसेवक परिचालनमा लक्ष्मीधर गौतम , अतिथी सत्कारमा सुजता गौतम साथै एसिया प्यासेफिक रिजनका कुटनैतिक नियोग लगायत इजरायलमा स्थापित बिभिन्न धार्मिक, राजनैतिक,सामाजिक संघ सस्थाहरूबिच समन्वय गर्नका लागी नेपाली राजदुताबास इजरायलले पहल गर्ने निर्णय गरीएको छ ।

नेपाली राजदुताबास इजरायलको प्रमुख आयोजकत्वमा मनाउन लागिएको भगवान गाैतम बुद्धकाे २५६२ औं जन्म जयन्ती समारोहलाई भव्य रूपमा सम्पन्न गर्न गराउन इजरायलमा स्थापित संघ सस्था लगाएत सञ्चार कर्मीहरूलार्इ आगामी अप्रिल ७ तारिख भित्र सह आयोजक, मिडिया पटर्नरकारूपमा सहकार्य गर्न आवहान गरिएको छ ।

यसका लागी राजदुतावास तथा डोमा शेर्पा 0549894304 सुन्दर सिंह लामा तामाङ 0526658904 लाई सम्पर्क गरि थप जानकारी लिन सक्ने गरि जिम्मेवारी दिइएको बताईएको छ ।

भगवान गाैतम बुद्धकाे २५६२ औं जन्म जयन्ती समारोह साप्ताहिक बिदालाई मध्य नजर गर्दै मे १२ तारिख शनिबार बिहान ११ बजेबाट तेलअभिवमा हुने छ ।