अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।
श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्रिय शक्ति हो भन्ने नाराका सहित सम्पन्न अधिवेशनले जिल्ला अध्यक्षमा सुमन्तप्रसाद बस्याल सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै खुल्ला उपाध्यक्षमा अच्यूत पन्थी, विश्वदेव न्यौपाने, महिलामा मञ्जु केसी, सेवाक्षेत्रबाट कोलेश्वर मिश्र, उत्पादन क्षेत्रबाट राधाराम आचार्य, स्वरोजगार क्षेत्रबाट सुर्यप्रसाद भुसाललाई सर्वसम्मत चयन गरेको छ । साथै सचिवमा गणेशराज पौडेल, सहसचिवमा राजकुमार वन्जाडे र गिता आचार्य, कोषाध्यक्षमा गोविन्दराज पन्थी, सदस्यहरुमा सोरख प्रसाद श्रेष्ठ, हुमनाथ पौडेल, अमिना आचार्य, हरी रिजाल, दुर्गावहादुर श्रेष्ठ, महेश्वर पन्थी, सरस्वता खनाल, ममता अधिकारी, कमला मुखिया, चेतनारायण श्रेष्ठ, भोजराज पोख्रेल, विष्णु घिमिरे, डुकप्रसाद पौडेललाई चयन गरेको छ ।
त्यस्तै प्रदेश प्रतिनिधीमा राधा आचार्य, शिवकला पाण्डे, पुष्करराज पोख्रेल दिवाकर घिमिरे र प्रदीप भण्डारी चयन गरेको छ । साथै संघीय प्रतिनिधीमा विष्णु भुसाल, नन्दराम भट्टराई र शारदा रायमाझी चयन गरेको छ ।
अधिवेशनको नेपाली कांग्रेसका सभापती विष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गरेका थिए ।
कार्यक्रममा कांग्रेसका पुर्व जिल्ला सभाापती कमलप्रसाद भुसाल, क्षेत्रीय सभापतीहरु अच्युृत गौतम, केशवराज कुवँर, शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरे, ट्रेड युनियनका पुर्व अध्यक्ष गणेशबहादुर सिंह, नेपाल यातायात मजदुर संघका अध्यक्ष आत्मसिंह घर्ती, नेपाल महिला संघ जिल्ला सचिव छमा कार्की, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेपाल विद्यार्थी संघका कार्यवाहक अध्यक्ष नेत्रप्रसाद मरासिनी लगायतले आ- आफ्नो मन्त्यव राखेका थिए ।
कार्यक्रम नेपाल ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष नन्दराम भट्टराईको अध्यक्षता, सचिव गणेशराज पौडेलको सञ्चालन र उपाध्यक्ष राधा आचार्यको स्वागतमा सम्पन्न भएको थियो ।