प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १ शान्तिबगैचामा शान्तिका अग्रदुत गौतमबुद्धको सालिक निर्माण कार्य शुरु भएको छ ।
शान्तिबगैचा क्षेत्र भित्र स्थापना हुन लागेको १० क्विटल वजन बराबरको बुद्ध सालिकको निर्माण कार्य शुरु भएको हो ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का लेकनाथ भुसाल र सन्धिखर्क नगरपालिकाको पहलमा मूर्ति निर्माण हुन लागेको हो । बुद्ध सालिकको सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले एक कार्यक्रम बिच गत चैत्र १७ गते शनिवार सिलान्यास गरेका थिए ।
शान्ति सन्देश दिने उद्देश्यले सन्धिखर्क नगरपालिकाले उक्त सालिक स्थापना गर्न लागिएको बताइएको छ ।