अर्घाखाँचीका सरकारी कार्यालयमा छड्के जाँच गर्दा १२ जना कर्मचारी अनुपस्थित, कर्मचारीलाई पोशाकमा कडाई

(पहिलो प्रकासित मिती: २०७५ वैशाख ५, बुधवार)
Image result for जिल्ला प्रशासन कार्यालय arghakhanchi
                                                                   जिल्ला प्रशासन कार्यालय । फाइल तस्बिर 

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सरकारी कार्यालयमा हाजिरी छड्के जाँच गर्दा १२ जना कर्मचारी अनुपस्थित भेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले बुधवार बिहान १०:०० बजेदेखि १०:३० बजेसम्म सदरमुकाम सन्धिखर्क अर्घाखाँचीमा रहेका सन्धिखर्क नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना, जिल्ला प्राविधिक कार्यालय र जिल्ला वन कार्यालयमा आकस्मिक गरेको छड्केमा विभिन्न तहमा कार्यरत १२ जना कर्मचारी अनुपस्थित पाइएको हो ।
यस्तै जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी खिमराज भूसालको नेतृत्वमा सन्धिखर्कका विभिन्न सरकारी कार्यालयमा गरेको छड्केमा कार्यालयमा उपस्थित सबैले तोकिएको पोशाक लगाएको, अनुपस्थित रहनेहरुलाई ३ दिन भित्र कानुन बमोजिम कारवाही गरी जानकारी पठाउन सम्बन्धित कार्यालयहरुलाई लेखि पठाईएको छ ।
कर्मचारीलाई पोशाकमा कडाई
उता नेपाल सरकारले करार सेवामा कार्यारत कर्मचारीहरुलाई पोशाक भत्ता उपलब्ध गराए लगत्तै जिल्ला प्रशासन कार्यालयमा करार सेवामा कार्यरत कर्मचारीहरुले २०७५ साल वैशाख २ गते देखि निजामती सेवामा कार्यरत कर्मचारीहरुले लगाउने पोशाक लगाउने गरेका छन् ।
साथै जिल्लामा यस प्रकारको निर्णय कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले बताएको छ भने पालना गरेको नपाईएमा निर्णय कार्यान्वयनमा बाध्य पारिने छ ।
Image result for जिल्ला प्रशासन कार्यालय arghakhanchi
जिल्ला प्रशासन कार्यालय । फाइल तस्बिर