प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालयले संचालन गरेको प्रहरी हवाल्दार र प्रहरी जवान लक्षित विशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) अन्तर्गत “ नागरिक मैत्री सेवा र मानव अधिकार बिशेष अनुशिक्षण” तालिमको समापन भएको छ ।
बैशाख २३ गते देखि बैशाख २७ गतेसम्म संचालन गरिएको उक्त तालिम समापनमा प्रहरी नायव उपरीक्षक एक नारायण कोईरालाले सहभागी प्रशिक्षार्थीलाई तालिम प्रमाण पत्र वितरण गरेका थिए ।
उक्त तालिममा प्रहरी हवाल्दार ०५ र महिला २ सहित प्रहरी जवान ३१ गरी जम्मा ३६ जना प्रशिक्षार्थी सहभागी रहेको थियो ।