सन्धिखर्कमा सडक निर्माण सम्बन्धि अर्न्तक्रिया कार्यक्रम सम्पन्न (भिडियो)
जेष्ठ ६ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला प्राविधिक कार्यालय र सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाबाट सञ्चालन भईरहेका सडकहरुको कार्य प्रगति समिक्षा बैठक तथा अर्न्तक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
आज आईताबार प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षता र अर्घाखाँची क्षेत्र नं. १ बाट प्रदेश नं. ५ का प्रदेश सभासद चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा जिल्ला प्राविधिक कार्यालय र सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजनाबाट सञ्चालन भईरहेका सडकहरुको कार्य प्रगति समिक्षा बैठकमा सम्बन्धित कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यविवरण प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जिल्लामा क्रियाशिल राजनितीक दलका प्रतिनिधिहरु, निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरु, सञ्चारकर्मीहरु बिच भएको छलफल र निष्कर्षमा समयमै गुणस्तरिय कार्य सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित प्राविधिक कर्मचारीहरुलाई निर्देशन दिने निर्णय गरिएको थियो ।
बैठकमा समयमै गुणस्तरिय कार्यसम्पन्न गर्छौ भनी निर्माण व्यवसायीहरुले प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै तोकिएको समयमा गुणस्तरिय कार्य सम्पन्न नगर्ने निर्माण व्यवसायी र सम्बद्ध कर्मचारीहरुलाई हदैसम्मको कारवाही गर्न सरोकारवालाहरुलाई निर्देशन दिने निर्णय भएको थियो ।