बाँगी योग,आयुर्वेद र प्राकृतिक चिकित्सा सम्बन्धि प्रबचन सम्पन्न

सुर्य भुसाल
बाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको श्री शान्ती मावीका  कक्षा १० का छात्रछात्राहरुलाई योग ,आयुर्वेद ,प्राकृतिक चिकित्सा ,खानपान ,रहन सहन ,आचार बिचार ,नैतिक चरित्र अनुशासन सम्बन्धि प्रबचन दिईएको छ । 
हिमलक्ष्मी आरोग्यधाम शितगंगा डोंहोटेका संरक्षक तथा अध्यक्ष बाबा योगिराजले सो  बिद्यालयमा कक्षा १० मा अध्ययन गर्ने ६० जना छात्रछात्रा तथा बिषय शिक्षकहरुलाई जीवन उपयोगी विविध बिषयमा प्रबचन दिएका थिए । 
  जन्मदिने आमा नै भगबान भएकोले आमालाई माया गर्ने ,सेवागर्ने र आमालाई खुशी बनाउनेले नै जिबनका हरेक क्षेत्रमा प्रगति उन्नति गर्ने भन्दै योगिराजले सबैभन्दा पहिला आफ्नो शररिरको ख्याल गर्नुपर्ने र सबैभन्दा ठूलो सम्पत्ति स्वस्थ्य शरीर भएकोले स्वस्थ हुन सकारात्मक सोंच हुनुपर्ने कुरामा जोड दिए । उनले अरुको बारेमा टिका टिप्पणि आलोचना गर्ने ब्यक्ति रोगी हुने बताउदै मानिसमा हुने लोभ,डाह,इर्या ,घमण्ड लाई हटाउनु पर्ने बताए । 
१३ बर्ष देखि २० बर्ष सम्मको उमेर अति नै चन्चले उमेर  भएकोले यो उमेरका छात्रछात्राले आफुलाई नियन्त्रणमा राखी नराम्रो कुरालाई हटाएर राम्रो अगाल्न सबैलाई आग्रह समेत गरेका थिए । 
  सो प्रबचन कार्यक्रममा सहभागी छात्रछात्राले आफुहरुले आफ्नो जीवनकालमा कुनैपनी ध्रुमपान ,मध्यपान ,लगायतका कुनै पनि दुर्ब्यशनिमा नफस्ने भन्दै सपथ खाएका थिए । 
   बिधालयका प्राचार्य मान बहादुर पाण्डेले सो प्रबचन अतिनै जीवन उपयोगी भएकोले आगामी दिनमा समेत अन्य विद्यार्थीलाई समेत दिने ब्यबस्था मिलाउने जानाकारी दिएका थिए ।