सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नं.१ शान्तिबगैचा मुनी पुल्चोक सफल डेरी उद्योगको शाखा संचालन भएको छ।
उद्योगको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले उदघाटन गर्नु भएको थियो।
नगरप्रमुख कमल प्रसाद भुसालले सन्धिखर्कका १२ वार्डहरुलाई लाई ग्रिन सिटिको रुपमा अगाडि बढाउने बताउनु भएको छ । उहाले कृर्षि पसुपालन दूध मासु अन्डाबाट अात्मनिर्भर हुनेगरि किसानहरुलाई अनुदानको रुपमा नगरले सहयोग गर्ने बताउनु भएको हो । भुसालले स्थानिय रुपमा ब्यबसायिक रूपमा पालिएका गाई भैंसीको दूधबाट उत्पादन गरिएका गुणस्तरिय सामानले उल्लेख्य बजार पाउनेमा आफू ढुक्क भएको बिचार ब्यक्त गर्नु भएको थियो।
जिल्ला बाहिर र खासगरी भारतबाट आउने गुणस्तरहिन सामानका कारण उपभोक्ताले पैसा तिरेर पनि राम्रो सामान पाउन नसकेको परिस्थितिमा यो उद्योगले जिल्लामा आफ्नो ब्यबसायिक इमान्दारितामा अाधारित बन्न अाग्रह गर्नु भयो ।
सन्धिखर्क नगरपालिका ७ निवासी कृष्ण प्रसाद चुँदाली, कृष्ण आचार्य, राम प्रसाद चुँदाली समेतको संयुक्त लगानीमा संचालनमा आएको उक्त उद्योगमा दूध ,दहि ,पनिर ,छुर्पी ,घिउ ,कुरौनी ,अन्य दुधजन्य पदार्थको उत्पादन गरिने बताइएको छ।
खाँचिकोट ,ढिकुरा,नुवाकोट ,किमडाँडा ,नरपानी ,सन्धिखर्क र डिभर्ना लगायतका स्थान बाट संकलित दूध बाट उक्त उद्योग संचालन गरिएको संचालक कृष्ण चुँदालिले बताउनु भयो।
यस उद्योग बाट उत्पादित छुर्पी काठमाडौं ,बुटवल ,पोखरा ,प्युठान,रोल्पा लगायतका जिल्लामा पैठारि भै रहेको कृष्ण आचार्यले बताउनु भयो।