छत्रदेव गाउँपालिकामा गरिबको परिचयपत्र मनोमानी वितरण गरिदै

अर्घाखाँची डट्कम संवाददाता


छत्रदेव, अर्घाखाँची  (अर्घाखाँची डट्कम) अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा सरकारले ल्याएको गरिवी परिचयपत्र मनोमानी गरि वितरण गर्न लागिएको छ ।

गाउँपालिकामा गरिवी रेखा भित्र नभएकाहरुको नामवली नजर अन्दाज गरि वास्तविक गरिवको नाम छुटाएर आफ्नै मनोमानी ढंगले पेस गरि वितरण गर्न लागेको भन्दै चौतर्फी विरोध गरेका छन ।

वार्डमा सम्पन्न शालीहरुको नाम अघाडी सारी सरकारमा पेस गरि वितरण गर्न लागिएको मा गरिवको हक अधिकारलाई कुण्ठित गरि गरिवको अधिकारलाई सम्पन्न शाली व्यक्ती को पक्ष पोषण गराउन लागिएको छ ।

यस्तो घृणित काम गरेको भन्दै जुन सुकै कार्यालय वा संघ संस्था का कर्मचारीहरुलाई समाजसेवी भोज बहादुर रायमाझीले कार्वाहीको माग गर्दै नेपाली जनताले तिरेको कर बाट चल्ने सरकारी निकायका कर्मचारिहरुले गरिविहरुको हक अधिकारको हनन गरि सप्पन्न शालि   हरुको नाम पठाउने कर्मचारीहरुलाई नामवली सच्याउन समेत आव्हान गर्नुभएको छ ।

सरकारले पहिलो चरणमा तनहुँ, बैतडी, अछाम, बझाङ, बाजुरा, कैलाली, जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोट, जाजरकोट, बर्दिया, रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बाग्लुङ, गोरखा, रामेछाप, सिन्धुली, रौतहट, सिराहा, खोटाङ र भोजपुर बाट तथ्यांक संकलन गरेको थियो ।