(२०७५ भाद्र १८, सोमवार)
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले शिक्षा स्वाथ्य सो-रोजगारको ब्यबस्थापन बिना बिकासले दुर्तगति लिन नसक्ने बताउनु भएको छ ।
समता स्कुल सन्धिखर्क अर्घाखाँचीको अभिभावक भेलाको उदघाटन गर्दै नगरप्रमुख भुसालले शैक्षिक गुरणस्तरलाई उकास्ने गरि सरकारी तथा निजि बिधालयहरुले नाफा भन्दा सेवा मुलकमा ध्यान दिन अाग्रह गर्नु भएको हो । उहाले नगरपालिका भित्रका सबै खालका बिधालयहरुको अाफुले अनुगमन गरिरहेको बताउदै सरकारी बिधालय निजि बिधालयहरुको निग्रानि गरेर शैक्षिक गुरस्तर उकास्नका लागि नगरपालिकाबाट अाफुले सहयोग गर्ने बताउनु भयो ।
भुसालले सरकारी बिधालयहरु पनि निजि जस्तै अङग्रेजि माध्यमबाट पठनपाठन सुरु गरि बैज्ञानिक शिक्षालाई ध्यान दिएर अगाडि बढन अाग्रह गर्दै बिधार्थिहरुलाई स्कुलमा मात्र नभई घरमा पनि अभिभावकले ध्यान दिएर बिधार्थिको गुणस्तरीयता मापन गर्नु पर्नेमा जोडदिनु भयो । नगरपालीकाले शैक्षिक क्षेत्रमा ठूलो लगानि गर्ने तैयारी गरेको खुलासा गर्दै नगरप्रमुख भुसालले पठनपाठनमा हेलचेक्राई नगर्न शीक्षकहरुलाई अाग्रह गर्नु भयो ।
कार्यक्रममा नगरपालिकाका नगरउपप्रमुख ठाकुर कुमार बिकले प्राबिधिक व्यवहारिक शिक्षा अहिलेको मुख्य अाबश्यक्ता भएको दावी गर्नु भयो ।अभिभाबक भेलामा शुभकामना मन्तब्य ब्यक्त गर्दै उपप्रमुख बिकले नगरपालिका भित्रका सबै निजि तथा सरकारी बिधालयहरुको अनुगमनलाई तिब्र पारिएको बताउदै गुणस्तरलाई ध्यान दिएर अध्यापन गराउन शिक्षक तथा अभिभाबकहरुलाई अाग्रह गर्नु भयो । उहाले शिक्षा क्षेत्रको बिकास बिना हराभरा नगरपालिका बन्न नसक्ने बताउदै अाफुहरुले नगरमा गरेको बिकासलाई साथ दिन शिक्षा क्षेत्रमा लगानि गर्नेहरुलाई अाग्रह गर्दै भष्टचार मुक्त सफा हराभरा नगरपालिका बनाउने अभियानमा जुट्न नगरबासिहरुलाई अपिल गर्नु भयो ।
उधोग बाणिज्य संघका केन्द्रीय सदस्य कृस्न प्रसाद श्रेष्ठले बिधालयहरुले शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बताउदै प्राबिधिक र व्यवहाँरिक शिक्षा अहिलेको अाबश्यक्ता भएकोमा जोड दिनु भयो ।
कार्यक्रममा श्रोत ब्यक्ति युवराज भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष भेष बहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको हो । समता स्कुलले बिधार्थिहरुलाई सस्तो सुलभ न्युनतम १०० रुपैयाँमा पढाउदै अाएको छ ।