बिक्रम पाण्डे समान्ता
डिभर्ना, अर्घाखाँची असोज १९ । सनराईज ईङ्लिश बोर्डिङ हाई स्कुल सन्धिखर्क नगरपालिका वडा न १२ डिभर्नामा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिद्यालयका कक्षा ६ को आयोजनामा आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियिगिता सम्पन्न भएको छ । अधारभूत तह (१-५)का कुल ११ समूहको सहभागीता रहेको प्रतियोगितामा पूर्णिमा श्रेष्ठको समूह प्रथम , मनोज भुसालको समूह द्वितीय र मनोज बिकको समूह तृतीय भएको थियो ।
प्रतियोगितामा सफल समुहलाई पुरस्कृत समेत गरीएको थियो । कार्यक्रम कक्षा ६ कि बिद्यार्थी अमृता पौडेलको अध्यक्षतामा सपन्न भएको हो । कार्यक्रममा बोल्दै बिद्यालयका सस्थापक प्रीन्सिपल नारायण प्रसाद पौडेलले बिद्यार्थीहरुले गरेको यस किसिमको कार्यक्रमले बिद्यार्थीहरुको बौद्धिक प्रतिभा उजागर तथा उनीहरुको पढ्ने बानीमा बिकास हुने भन्दै पठन पाठनमा राम्रो सङ्ग लाग्न अनुरोध गरे ।
उनले पाठ्यक्रममा समाबेश भएका विषय बस्तुहरु सङ्गै बाहिरी ज्ञान पनि हासिल गर्नु पर्ने बताए । कार्यक्रम कक्षा ६ का बिद्यार्थी मिलन बस्यालको स्वागत मन्तब्य र बिद्यार्थी रन्जीत श्रेष्ठ तथा अनमोल बस्यालको सन्चालनमा सम्पन्न भएको थियो । साथै कार्यक्रममा विश्व शिक्षक दिवस था विश्व मुस्कान दिवसको अवसरमा शिक्षक शिक्षक बिच एक आपसमा शुभकामना साटासाट समेत गरिएको पत्रकार बिक्रम पाण्डे समान्ताले खबर लेखेका छन् ।