सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले शान्ति सुरक्षा जिल्ला भर पुर्णरुपमा मजबुद बनाएको बताउनु भएको छ । उहाले चाडपर्वका बेला जनताको सुरक्षाका लागि जिल्ला भरका सबै ठाउँहरुमा नेपाल प्रहरी ससत्र प्रहरी नेपाली सेना नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतका सबै निकाए परिचालन गरि गस्ती सुरक्षा ब्यबस्था मजबुत बनाईएको बताउनु भयो ।
उहाले जिल्लामा हुने अनियमितता भष्टचार रोक्नु अाफ्नो पहिलो कर्तव्य भएको बताउनु भएको छ । उहाले जनताको काम छिटो छरितो गर्न कार्यलय प्रमुख लगाएतका कर्मचारीहरुलाई निर्देसन दिएको र जनताको गुनासो अाउने खालका काम गरे अाफुले कसैलाई पनि छुट नदिने बताउनु भएको हो ।
प्रजिअ भुसालले बजार अनुगमनलाई तिब्र पारेको बताउदै बजारमा ब्यापारीहरुलाई मूल्य शुचि राख्न निर्देशन दिएको बताउदै अाफुहरुको अभियानमा साथ दिन उधोग बाणिज्य सघ चेम्बर अफ कमर्स सन्चारकर्मि सबैलाई अाग्रह गर्नु भयो ।
रेडियो देउरालि १०१ मेगाहर्ज को कार्यक्रम देउरालि बहस तथा शुभकामना अार्दान प्रदान कार्यक्रममा बिहिवार छलफल तथा कुराकानी गर्दै प्रजिअ भुसालले चार्ड पर्बका बेला सरकारि सबारि साधनहरु दुरुपयोग भएको गुनासाहरु अाएकोले त्यसको रोकथामका लागि अाफुले प्रहरीलाई निर्देसन दिएको बताउदै बिदाको बेला प्रसासनको पास नलिएका सरकारि सबारि साधन प्रहरिले नियन्त्रणमा लिने बताउनु भयो ।
राज्यको सम्पति सरक्षण गर्नु अाफुहरुको दायित्व भएको बताउदै अनियमितता ढिलासुस्ती गर्ने जो कहिका बारेमा अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो। चार्डपर्बका बेला प्रहरिले जताततै सुरक्षा चेकजाँच लाई कडाइ गरेको बताउदै कुनै पनि खालको अबैध ब्यापार भैंसी तस्करी गाईगोरु तस्करि तथा अन्य कुनै पनि खालका तस्करि हुन नदिन अाफुहरु सचेत रहेको दाबि गर्नु भयो ।
प्रजिअ भुसाल अर्घाखाँची अाएपछि धेरै राम्रो काम गर्न सफल भएको याहाका स्थानियहरु को बुझाई छ ।