सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । गाउँ गाउँमा दशैको चहलपहल भएपनि सदरमुकाम सन्धिखर्क सुनसान भएको छ ।
बडा दशैको नबौ दिन सदरमुकाम लगाएत देशका ठुला सहरहरु सुनसान हुन लागेका छन सदरमुकाम मा बस्ने सदरमुकाममा लाई कर्मथलो बनाउदै अाएका कर्मचारी ब्यापारी निर्माण ब्यबसाहि शिक्षक बिधार्थि राजनीतिक दलका नेता कार्यकर्ता हरु जन्म थलो अाफ्नो गाउघरमा दशै मनाउन गाउमा गएपछि जिल्ला सदरमुकाम हरु शुनशान भएका हुन ।
बिहिवार दिउसो बाट सदरमुकाम को चहलपहल निकै घटेको छ ।सन्धिखर्क सदरमुकाम मा घर भएका अधिकाम्स ब्यापारी घरबेटी समेत जन्म ठाउँ मा गएपछि यहाँको चहलपहल ९० प्रतिसत घटेको हो ।सदरमुकाम मा अहिले १० प्रतिसत मात्र मानिसहरु रहेका छन भने ९० प्रतिसत मानिस हरु गाउमा गएका छन ।
टिकाको दिन बेलेुका बाट सदरमुकाम हरु चहलपहल हुने गर्छन अहिले सदरमुकाम का सबै पसलहरु बन्द भई सकेका छन भने गाडिहरु क्युफ्रि भएको कारण काउन्टर हरु बन्द छन ।बर्षदिन चहलपहल हुने सदरमुकाम दशैेका बेला ३ दिन शुन्शान हुने गरेको स्थानिय सदरमुकाम निबासि सिद्दि प्रसाद भुसाले बताउनु भयो ।
सदरमुकाम को ब्यापर घटेपनि गाउका ब्यापरि हरु लाई खाने समेत फुर्सत छैन गाउमा ब्यापार बृर्दि तेब्बर बढेर गएको भुमिका स्थान नगरपालिका चेम्बर अफ कमर्सका अध्यक्ष लेखनाथ पान्डेले बताउनु भयो ।
तस्बिर: घनश्याम पौडेलको फेसबूकबाट