नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा सम्पन्न

प्रकासित मिती: कार्तिक १४, २०७५ 
सन्धिखर्क । नेपाल प्रेस युनियन अर्घाखाँचीको पहिलो बैठक विपी स्मृती भवन सन्धिखर्कमा सम्पन्न भएको छ । 
बैंठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानले लोकतन्त्रलाई संस्थागत गर्न प्रेस जगतको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । लोकतन्त्र र जनताको पक्षमा डटेर कमल चलाउन सल्लाह दिदै उहाले पत्रकारिता सधै सिकाई भएकाले खोजमुलक समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 
प्रेस युनियनको ब्राण्ड र गरिमालाई बलियो बनाउन पाटीले हरेक सहयोग गर्ने बताउ“दै मुस्कानले गणतन्त्र ल्याउन र संघीयताको कार्यन्यवन गर्न सञ्चारकर्मीको महतवपुर्ण भुमिका रहेको उल्लेख गर्दै सबै मिलेर अगाडी बढनुपर्ने बेला आएको बताउनुभयो । 
प्रेस युनियन तथा पत्रकार महासंघका पूर्वसभापति निमबहादुर रिजालले धेरै मिहिनेत र अध्ययन गर्नुपर्ने बताउदै आफनो ज्ञान, सिप र अनुभव नया“ पुस्तालाई सिकाएर सहयोग गर्न तयार रहेको बताउनुभयो  । पत्रकार महासंघका प्रदेस सदस्य एवं प्रेस युनियनका केन्द्रिय पार्षद प्रेमनारायण आचार्य, रुद्रमणि भुसाल, लक्ष्मण घिमिरे लगायत जिल्ला समितिका सबै पदाधिकारी र सदस्यले पत्रकारिता क्ष्ँेत्रलाई गुणात्मक बनाएर लैजानुपर्ने बताएका छन । 
प्रेस युनियनका जिल्ला सभापति वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालको सञ्चालनमा सम्पन्न बैंठकले प्रेस युनियनको कार्यालय स्थापना गरी पत्रकारिता सम्बन्धी तालिम, प्रशिक्षण लगायतका गतिविधि सञ्चालन गरी सञ्चार जगतलाई थप व्यवस्थित बनाउने, नया नेतृत्वको जिम्मेवारी प्रदान गरेकोमा पाटी सभापति विष्णु मुस्कान लगायत पाटीका नेतालाई धन्यावाद लगायतका महत्वपूर्ण निर्णय गर्दै बैंठक सकिएको प्रेस युनियनकी उपाध्यक्ष शान्ता खासुले बताउनुभएको छ ।