चिसो बढेसँगै धौलागिरि अञ्चल अस्पताल बाग्लुङमा उपचार गर्न आउने बिरामीको संख्या निकै बढेको छ ।
दैनिक २ सय ५० देखि ३ सय जनासम्म बिरामी उपचार गराउन अस्पताल आउन थालेका छन् ।
गत वर्षको तुलनामा यो वर्ष अत्यधिक चिसो बढेपछि दम, निमोनिया र झाडापखालाका बिरामीको संख्या पनि बढेको छ ।
बिरामी बढेपछि चिकित्सकहरुलाई भ्याइनभ्याई भएको छ । अत्यधिक चिसो कै कारण बालबालिका र ज्येष्ठ नागरिकलाई दमको समस्या बढेको धौलागिरि अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सागर राजभण्डारीले बताए ।
अञ्चल कै एकमात्र प्रदेश सरकारको मातहतमा भएको सरकारी अस्पतालको सुविधा सम्पन्न भवन अहिलेसम्म तयार हुन नसक्दा अस्पतालमा बिरामीको उपचारमासमेत यसले प्रभाव पारेको डाक्टर राजभण्डारीले बताए ।
बागलुङ अस्पतालको स्तरवृद्धि भएर अञ्चल अस्पतालमा परिणत भएको १० वर्षभन्दा बढी समय बितिसक्दासमेत दरबन्दी अनुसारका चिकित्सक र कर्मचारी नहुँदा उपचार गर्न आउने बिरामीले सास्ती बेहोर्दै आएका छन् । इमेजखबरमा समाचार छ ।