भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ ।
६७ वर्षीय नेतृ स्वराजको कार्डियो अरेस्ट का कारण गएराति निधन भएको जनाइएको छ । मंगलबार साँझ अस्वस्थ भएपछि उनलाई नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था कमजोर रहेको जनाउँदै लोकसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेकी थिइन् ।
२५ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय रहँदै आएकी उनी पटक