कोशी पीडितहरुले क्षतिपूर्तिको माग गर्दै कोशी ब्यारेजमा गरेको अनशन जारी

news
कोशी पीडितहरुले क्षतिपूर्तिको माग गर्दै कोशी ब्यारेजमा गरेको अनशन ११ औं दिन पनि जारी छ ।
कोशी नदी कटान डुबान संघर्ष समितिले आफ्ना तीन सूत्रीय माग राख्दै कोशी ब्यारेजमा रिले अनशन जारी राखेको संघर्ष समितिका अध्यक्ष महिदेव चौधरीले बताए । 
कोशी ब्यारेज निर्माणका बेला सन् १९५४ मा भारत र नेपालबीच भएको सम्झौताअनुसारको क्षतिपूर्तिको रकम पाउनुपर्ने माग उनीहरुको छ ।
५३ हजार बिघाभन्दा बढी जग्गा क्षति भएकामा सात हजार बिघा जग्गाको