अभावमा पटौली नाकाका दर्जनौं घरपरिवार विस्थापित (तस्बिर सहित)

बाबु रोका मगर
पटौली नाका, दाङ  (अर्घाखाँचीडट्कम) । मानिस सामाजिक प्राणी हो जसलाइ जन्मेको दिन देखि मृत्यु सम्म समाज चाहिन्छ र समाजमा बाँच्न आजको समयमा मुख्य चार कुराको निकै आवश्यकता छ शिक्षा, स्वास्थ्य, सुरक्षा र बिजुलिबत्ती सन्चार यो विना मानिस अपांग जस्तै हुन्छ प्रदेश नम्बर ५ दाङ जिल्लाको सिमावर्ती क्षेत्र पटौली नाका पुर्वपश्चिम राजमार्ग मा अवस्थित लमही बजारबाट दक्षिण तर्फ करिब २५ किलो मिटर को दुरिमा रहेको मुख्य नाका हो यस नाका का वासिन्दाहरु ८०% कृषिमा निर्भर रहेका छन भने बाँकी ब्यवसाय र रोजगारी मा रहेका छन ।
यस क्षेत्रमा सरकार र सरोकारवाला हरुको खासै चासो नभएको कारण पिछडिएको स्थानिय वासिन्दाहरु को भनाइ छ । आजको समयमा हरेक गाँउठाँउमा सन्चार, बिजुलिबत्ती र मोटरबाटो पुगिसकेको अवस्थामा पनि पटौली नाका भने अझै यी चिजहरुबाट अभावमा रहेको छ । हरेक सरसामान भारतको बजारबाट आयात गरिन्छ यस क्षेत्रमा नेपालको सिमा सुरक्षाकर्मी राखिएको छैन तर भारतले भने आफ्नो सिमा सुरक्षाबल तैनाथ गरेको छ ।
भारतिय बजारमा आश्रीत रहेको यो पटौली नाका दाङ जिल्लाको राजपुर गाँउपालिका वार्ड नम्बर १ मा पर्दछ जुन उत्तर भारतको सिमा संग एकदम नजिक जोडिएको छ यहाँ शिक्षा को लागि प्राथमिक बिद्यालय सम्म मात्रै रहेको छ भने त्यो भन्दा माथिल्लो तहको शिक्षा हासिल गर्न यस ठाँउबाट करिब तीन घन्टाको बाटो हिडेर अर्को गाँउमा जानुपर्दछ भने कि भने लमही क्षेत्रमा जानुपर्ने वाध्यता रहेको छ यस्तै शिक्षा स्वास्थ्य संचार र सुरक्षाको अभाव रहेकोले यहाँका ५०% वासिन्दाहरु यो ठाँउ छोडेर अनेत्र ठाँउमा बसाइँसराइ गर्ने वाध्य भएका छन भने यो क्रम बढ्दो छ । यदि सरकार र सरोकारवाला हरुले समयमा यस क्षेत्रमा ध्यान नदिएमा यहाँको भुमी गुम्न सक्ने सम्भावना बढी देखिन्छ ।
तरपनी यहाँका वासिन्दाहरु ले यो ठाँउलाइ बचाएर राख्न बिनाबर्दिको सिपाहिको रुपमा काम गरिरहेका छन हरेक वर्ष खेल र सांस्कृतिक कार्यक्रम लाई लक्षित गरेर तिहारको चौथिको दिनमा भलिबल प्रतियोगिता र नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना गरि यस ठाँउमा विभिन्न क्षेत्र र नाका इलाकाबाट हजारौं को संख्यामा मानिसहरु आइ भेटघाट हुने र यस क्षेत्रको अवलोकन गर्ने अबसर बनाइएको स्थानियहरुको भनाइ छ ।